• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

      १ दिन अघि

      आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

      १ दिन अघि

      अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

      १ दिन अघि

      International Volunteer Day today

      १ दिन अघि

      एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै

      १ दिन अघि

      समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

      १ दिन अघि

      दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

      १ दिन अघि

      सुन तोलाकाे दुई लाख ५२ हजार ४ सय, चाँदीकाे कतिमा हुँदैछ काराेवार

      १ दिन अघि

      नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

      १ दिन अघि

      एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

      १ दिन अघि

      कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

      १ दिन अघि

      कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

      १ दिन अघि

      हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

      १ दिन अघि

      ‘बैंक अफ द इयर २०२५’ अवार्डको उपाधि सिटिजन्स बैंकलाई

      १ दिन अघि

      आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?

      १ दिन अघि
    आज: २०८२ मंसिर २१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

  • लाईभ नेपाल
  • २०८२ मंसिर २, मंगलबार (२ हफ्ता अघि)
  • ६८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आउँदो शुक्रबार (मंसिर ५) गते पुनःस्थापना गर्ने निर्णय भएको छ । वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ ।

    यसरी राखिएको तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले, थिंलाथ्व पारु अर्थात् नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन वडा नम्बर २३ कार्यालयको संयोजन र सरोकारवाला तथा समुदायसँगको समन्वयमा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

    बैठकमा बोल्दै उपप्रमुख डंगोलले, पूर्खाका सिर्जना समुदायमा असुरक्षित भए भनेर संग्रहालयमा राख्नु नहुने बरु, समुदायको जिम्मामा कलाकृतिलाई आफ्नै ठाउँमा राख्नु पर्ने धारणा व्यक्त गर्नुभयो । ‘महानगरपालिकाभित्रका मठमन्दिर, विहार, बहाल तथा अन्य सम्पदा स्थलहरुबाट चोरिएका धेरै कलाकृतिको पहिचान गरेका छौँ । ती कलाकृतिहरुलाई सम्बन्धित वडाको अगुवाईमा पुनःस्थापित गराउने अभियान नै चलाउँछौँ ।’ उहाँले भन्नुभयो, ‘कुमारी घरको तोरणको सुरक्षाका लागि सबै चनाखो हुनुपर्छ । अहिले समुदाय सचेत र सक्रिय छ । सुरक्षाका लागि आधुनिक प्रविधि उपलब्ध छ । वसन्तपुर क्षेत्र सुरक्षा निकायको आँखाभन्दा टाढा छैन । यसकारण तोरणलाई आफ्नै ठाउँमा राख्न अब डराउनु पर्दैन ।’

    बैठकमा वडा नम्बर २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले, कुमारी घरको गरिमा बचाउन वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक स्रोत, साधन, उपकरण र जनशक्तिको परिचालन गर्ने धारणा राख्नुभयो । कुमारी घरका संरक्षक गौत्तम शाक्यका अनुसार यी २०५६/०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् ।

    ‘तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएछन् ।’ शाक्यले भन्नुभयो, ‘३ महिनाभित्र ३ वटै तोरण हराएका हुन् । यसरी चोरी भएको विषय पुरातत्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् ।

    ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको थियो ।’ बैठकमा सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठले, अहिले असल नतिजाका लागि योगदान गर्ने समय भएकोले उल्लेख गर्दै तोरण पुनःस्थापना गर्ने विषयमा सबैको साथ र सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो । तोरण पुनःस्थापनापछि कुमारी घरको प्राचीनतामा टेवा पुग्ने उहाँको भनाइ थियो ।

    सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारीले, कुटनीतिक पहलबाट तोरण फिर्ता गरिएको अनुभव सुनाउनुभयो । मूर्ति हराउनु, मन्दिर भत्किनुले समुदायमा सम्पदा संरक्षणको प्रणालीमा समस्या छ भन्ने बुझेर स्थानीइ सरकारले संरक्षणका कार्यक्रम तर्जुमा गर्नु पर्ने अधिकारीको भनाइ थियो । कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालको दूताबासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो ।

    यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ । यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन् । प्राचीन स्मारक ऐन २०१३ अनुसार १ सय वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रुपमा ग्रहण गरिन्छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि. सं. १८१४) मा निर्माण भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

    आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

    अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

    International Volunteer Day today

    एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै

    समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

    समाचार

    ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

    आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

    अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

    International Volunteer Day today

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑