• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १४, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

      ६ घण्टा अघि

      एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

      ६ घण्टा अघि

      एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

      ६ घण्टा अघि

      काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

      ६ घण्टा अघि

      मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

      ६ घण्टा अघि

      नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

      ७ घण्टा अघि

      नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

      ७ घण्टा अघि

      पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

      ७ घण्टा अघि

      एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

      ७ घण्टा अघि

      देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

      ७ घण्टा अघि

      नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

      ७ घण्टा अघि

      वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

      ७ घण्टा अघि

      सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्ने कुरामा सहयोग गर्न प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

      ९ घण्टा अघि

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १ दिन अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      १ दिन अघि
    आज: २०८३ कार्तिक १४, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    एमाले र रास्वपाका बहुसंख्यक नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले छानविन समिति बन्न दिएका छैनन् : नेता महर

  • पुष्कर राज पाण्डे
  • २०८० चैत्र २४, शनिबार (२ साल अघि)
  • २३०१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • चैत २४, काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन्।

    नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी गठी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए।

    ‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने।

    त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए। सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याविनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए।

    अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ। ‘आज चैत्र २४ गते २०४६ सालमा जनआन्दोलन सुरु भएको दिए। सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ। आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ,’ उनले भने।

    भ्रमको ललिपप देखाएर वदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन्। अरुलाई गाली गरेरमात्र सधैँ भ्रमको राजनीति गर्न नसकिने उनले बताए।

    ‘पार्टी जन्मिने वित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,’ महरले भने। नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन्।

    ‘अप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधै निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कुटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारिदिनुपर्ने, जनमतको अपमान गर्दै संसद विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ। त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ,’ महरले भने। उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

    नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

    समाचार

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑