• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

      १९ घण्टा अघि

      रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

      १९ घण्टा अघि

      “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

      २0 घण्टा अघि

      पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

      २0 घण्टा अघि

      मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

      २0 घण्टा अघि

      दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर

      २0 घण्टा अघि

      Dip in gold and silver prices

      २0 घण्टा अघि

      पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

      २0 घण्टा अघि

      Samsung Unveils Galaxy Buds4 Pro: Redefining Premium Wireless Audio with AI-Powered Innovation

      २0 घण्टा अघि

      एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री

      २0 घण्टा अघि

      बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

      २३ घण्टा अघि

      हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

      २३ घण्टा अघि

      इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

      २३ घण्टा अघि

      फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

      २३ घण्टा अघि

      रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

      २३ घण्टा अघि
    आज: २०८२ चैत्र २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    ‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ मंसिर ३, सोमबार (१ साल अघि)
  • ११९०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोह बीच मनलाई जिते जितु पुस्तकको लोकार्पण सम्पन्न भयो । ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा पे्रक्षा ध्यान साधक मुनि श्री रमेश कुमार जी, पुस्तकका प्रकाशक श्री शेखर गोल्छा, गोल्छा परिवारका जेष्ठ व्यक्तित्व तथा भगवान महावीर जैन निकेतनका अध्यक्ष श्री लोकमान्य गोल्छा, बागमती प्रदेशका सामाजिक मामिला मन्त्री हरिप्रभा खड्गी, जोन्टा क्वलकी पूर्व अध्यक्ष सीमा गोल्छा, जितो नेपालका अध्यक्ष कमल कुमार बेगानी, श्री जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष श्री शुभागमल जम्मड, नेपाल स्तरीय जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष श्री दिनेशकुमार नौलखा, जैन श्वेताम्बर तेरापन्थी महिला मण्डलका अध्यक्ष श्रीमती निशा जैन, तेरापन्थ युवक परिषद्का अध्यक्ष श्री सन्दीप भटेरा, नेपाल जैन परिषद्का अध्यक्ष श्री बिमल राखेचा, श्री आदिनाथ दिगम्बर जैन श्वेताम्बर मूर्तिपूजक समाजका अध्यक्ष श्री सुभाष जैन समेतले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गर्नु भएको थियो ।

    लोकार्पण समारोहलाई स्वागत मन्तव्य दिंदै ‘मनलाई जिते जित’ पुस्तकका प्रकाशक श्री शेखर गोल्छालेभन्नुभयो, ‘मनलाई जिते जित’ एक आध्यात्मिक ग्रन्थ हो। यस ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान, महान दार्शनिक, ध्यानयोगी, लेखक र विचारक तेरापन्थ धर्म संघका महान आचार्य हुनुहन्थ्यो ।

    ’मनलाई जिते जित’ मा आचार्य श्रीद्वारा ध्यान शिविरमा सहभागी साधक साधिकाहरूको लागि दिईएका प्रवचनहरु समावेश छन्। महाप्राज्ञजीले आफ्नो जीवन यात्रामा सयौं यस्ता अध्यात्म ग्रन्थहरूको निर्माण गर्नुभएको छ, जुन कुनै धर्म विशेषका व्यक्तिहरूको लागि नभई सार्वभौम छन् । प्रत्येक विचारशील व्यक्तिका लागि सुपाच्य, सरल र सजिलो भाषामा प्रचुर मात्रामा यस्तो पठनीय सामग्रीको प्रस्तुति यी पुस्तकहरूमा गर्नुभएको छ । ’मनलाई जिते जित’ उहाँका पुस्तक श्रृङ्खलामध्येको अग्रज ग्रन्थ हो । उहाँका अद्भूत प्रवचनहरूको सङ्गालोको रूपमा यी पुस्तकहरूको सम्पादन सुविज्ञ मुनिहरूद्वारा गरिएको हो। हिन्दी भाषा लगायतमा भाषामा यो ग्रन्थको २०औँसंस्करण प्रकाशित भइसकेका छन्।

    यस ग्रन्थका नेपाली भाषाका सम्पादक मेरा पूज्य बुबा शासनसेवी, समाजरत्न श्री हुलासचन्द गोल्छा हुनुहुन्थो । उहाँ देव गुरू, धर्म संघ, धर्म आचार्य, साधु साध्वी अत्यन्त श्रध्दानिष्ठ तथा समर्पित हुनुहुन्थ्यो । यति मात्र हैन उहाँ दैनिक सामायिक र प्रेक्षा ध्यानको साधक पनि हुनुहन्थ्यो। मेरो पुस्ता साथै युवा पुस्तालाई पनि यस ग्रन्थको अध्ययनबाट तनावबाट मुक्ति तथा आनन्ददायक अनुभव हुने मैले ठानेको छु ।

    यसको प्रकाशनमा मेरा पूज्य बुबाको विरासतलाई सम्मान, मेरो मनको उहाँप्रतिको अहोभाव, आदरभाव अभिव्यक्त गर्नु पनि यस प्रकाशन पछाडिको मुख्य भाव हो । अध्यात्ममय जीवन बाँच्नुभएका मेरा पूज्य बुबा स्वर्गीय श्री हुलासचन्द गोल्छाज्यूमा अनन्य श्रद्धाभावका साथ ’मनलाई जिते जित’ समर्पण गर्दछु।

    साथै मुनि श्री रमेश कुमार जीले ‘मनलाई जिते जित’ लोकार्पणको कार्यक्रममा बोल्दै भन्नुभयो, ‘मनलाई जिते जित’ का लेखक आचार्य श्री महाप्रज्ञजी जैन श्वेताम्बर तेरापन्थ धर्मका दशौं आचार्य थिए । आचार्य महाप्रज्ञ जी एक संत, योगी, अध्यात्मवादी, दार्शनिक, लेखक, वक्ता र कवि थिए । प्रेक्षाध्यान विधिका प्रवर्तक आचार्य महाप्रज्ञ अति बुद्धिमान आचार्य थिए । आचार्य महाप्रज्ञले प्रेक्षाध्यानको रूपमा ध्यानको एक अद्वितीय वैज्ञानिक विधिको विकास गरिएको विशद् व्याख्या यसमा छ । यस ध्यान विधिबाट सयौं मानिसले मानसिक विकारहरू हटाएर आध्यात्मिक ऊर्जा र शान्ति प्राप्त गरेका छन्।

    ‘मनलाई जिते जित’ पुस्तकको सम्बन्धमा मुनि श्री रमेश कुमार जीले भन्नुभयो, ‘मन जित्न धेरै सजिलो छ, तर जति सजिलो छ, त्यति नै गाह्रो छ । यो सजिलो छ किनभने मन हाम्रो भित्री चेतनाको नम्र र आज्ञाकारी कार्यकर्ता हो । यसलाई जित्न गाह्रो हुन्छ जब हामीले यसलाई परम चेतनाको रूपमा स्वीकार गर्छौं । यसमा मनको कुनै दोष छैन । यो हाम्रो आफ्नै अज्ञानताको परिणाम हो। हामीले मनलाई जित्ने अभियान सुरु गर्नु अघि हाम्रो अज्ञानताको अन्धकारलाई हटाएर भ्रमको पर्दा हटाउनुपर्छ ।

    उक्त पुस्तक लोकार्पण समारोहको सञ्चालन डा. श्री नमन उपाध्यायले गर्नुभएको थियो । साथै उक्त समारोहमा श्री जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष श्री शुभागमल जम्मड तथा श्री जैन श्वेताम्बर तेरापन्थ सभाका सल्लाहकार श्री रणजित सिंह भन्सालीले मन्नव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

    “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

    दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर

    समाचार

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

    “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑