• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ३ घण्टा अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      ४ घण्टा अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      ४ घण्टा अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्सांकनमा नयाँ प्रविधि

      ४ घण्टा अघि

      संसद्‌मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले मागे सभामुखसँग समय

      ६ घण्टा अघि

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      ६ घण्टा अघि

      आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

      ८ घण्टा अघि

      धरानको भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा

      ८ घण्टा अघि

      ज्योति के.सी.को अध्यक्षतामा सुनाकोठी च्याप्टरको नयाँ कार्यसमिति

      ८ घण्टा अघि

      सहिदको सपना पूरा गर्न नागरिकमैत्री शासनमा प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डंगोल

      ८ घण्टा अघि

      माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

      २0 घण्टा अघि
    आज: २०८३ भाद्र २४, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘बिआरआईले पूर्वाधार मात्र होइन आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्छ’

  • लाईभ नेपाल
  • २०८१ चैत्र २, शनिबार (१ साल अघि)
  • १९१२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, २ चैत्र । सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको बताएका छन् ।
    शनिबार काठमाडौंमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरु सम्मिलित बौद्धिक व्यक्तित्वहरुको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा पनि रहेको भन्दै यसले सम्बन्धहरु अझै बलियो हुदैँ जाने बताए ।

    उनले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुपमा रहदैँ आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । बिआरआईमार्फत दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ । यो नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्छ ।’

    यस्तै, उनले नेपालको दिगो विकासको लागि पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको भन्दै नेपालमा रहेका लगानी र सम्भावनाहरुलाई पहिचान गरि बिआरआई अन्तरगत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताए ।

    उनले भने, ‘नेपालको दिगो विकासको लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ । नेपालमा रहेका लगानी र सम्भावनाहरुलाई सही रुपमा पहिचान गरि बिआरआई अन्तरगत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्छ ।’

    दुईदेशबीच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाउन आजको कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरामा पनि विश्वस्त रहेको उनको भनाई छ । उनले संवाद कार्यक्रममा उच्च राजनीतिक व्यक्तित्व, कुटनीतिज्ञ, व्यवसायी, शिक्षाविद्, सञ्चारकर्मीलगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितीले यसको गरिमा बढाउनने बताए ।

    सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआईले नेपालमा पूर्वाधार निर्माण, विकास, व्यापार र आर्थिक विकासको लागि अवसर प्रदान गर्ने बताए ।
    ‘यो संवाद आयोजना गर्नुको उद्देश्य प्राप्त गर्नको लागि बिआरआईमा पाँचवटा मुख्य कुराहरु छन् । पूर्वाधार विकास, व्यापार सहजीकरण, आर्थिक लगानी, व्यक्ति व्यक्तिबीचको सम्बन्धलगायत रहेको छ,’ उनले भने । बिआरआईले नेपालीहरुलाई नयाँ आशा दिएको पनि बताए ।

    ‘बिआरआई चीनले विश्वभर आफ्नो प्रभुत्व देखाउनको लागि ल्याएको भनेर केही गलत विचारहरु पनि आएका छन् । वास्तवमा कुनै पनि प्रकारको कुरा सुन्नु परेको छैन् । नेपालमा केही मान्छेहरुले पोखरा विमानस्थल चीनको एउटा ट्राप हो पनि भन्ने गरेका छन् । यस्तै लुम्बिनी विमानस्थलको बारेमा पनि सुन्न आएको छ तर यो कुराहरु गलत हो,’ खनालले भने ।

    यस्तै, नेपालका लागि चिनिया राजदूत चेङ् सोङ्ले बिआरआईको सम्झौतामा हस्ताक्षर भएको आठ वर्षपछि र कार्यान्वयनको लागि हस्ताक्षर गरेको तीन महिनापछि पनि नेपाली समुदायमा बिआरआईबारे अझै केही गलत बुझाई र शंकाहरु रहेको बताए ।

    ‘विआरआईमाथिको शंका मेट्नका लागि संवाद कार्यक्रम अझै महत्वपूर्ण छ । बिआरआई नेपालको लागि र भविष्यको लागि एकदमै महत्वपूर्ण छ । बिआरआई भनेको एउटा सार्वजनिक पुल हो जुन चीनले विश्वको लागि प्रदान गरेको छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

    समाचार

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑