• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १६ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १७ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १७ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १७ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १७ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १७ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १७ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १७ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १७ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १७ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १७ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    शिक्षा मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक सम्पन्न, आगामी वर्षको नीति तथा बजेटमा गहन छलफल

  • लाईभ नेपाल
  • २०८१ चैत्र ६, बुधबार (१ साल अघि)
  • ११२८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं, चैत्र ६ गते, २०८१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च व्यवस्थापन समूह (Senior Management Team- SMT) को महत्वपूर्ण बैठक आज माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईज्यूको अध्यक्षतामा मन्त्रालयमा सम्पन्न भएको छ। बैठकको मुख्य उद्देश्य आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेटलाई समयसापेक्ष र प्रभावकारी बनाउने विषयमा केन्द्रित थियो।

    बैठकमा माननीय मन्त्री भट्टराईले नेपालको संविधान, वर्तमान योजना र सम्बन्धित विषयगत कानूनलाई आधार मानेर कार्यक्रम प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले निर्धारित लक्ष्यहरू समयमै हासिल गर्न सामूहिक प्रयासको खाँचो औंल्याउँदै समस्या समाधानमा गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभयो। मन्त्री भट्टराईले निर्णय कार्यान्वयनको स्वचालित जानकारी प्रणाली विकास गर्नुपर्ने, शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउनुपर्ने तथा नैतिकवान नागरिक उत्पादनमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    विज्ञानलाई समुदायसँग जोडेर अनुसन्धान र प्रविधिको क्षेत्रमा मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र अन्तर-निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। आगामी बजेट निर्माण गर्दा यी सबै विषयलाई मध्यनजर गरी मागमा आधारित कार्यक्रम प्रस्ताव गर्न उहाँले निर्देशन दिनुभयो। कार्यक्रमको औचित्य, अपेक्षित उपलब्धि र दीर्घकालीन प्रभावलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले विभिन्न समयमा गठित कार्यदलका सुझावहरूलाई कार्यान्वयन गर्न ठोस कार्ययोजना बनाउन र नयाँ शैक्षिक सत्रलाई प्रभावकारी बनाउन कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने बताउनुभयो।

    उहाँले भर्ना अभियान लगायतका शैक्षिक अभियानहरूलाई सक्रियतापूर्वक सञ्चालन गर्न आग्रह गर्दै संघीयताको मर्म अनुसार शिक्षा विकास तथा समन्वय इकाईहरूको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिनुभयो। सरकारी निकायहरूले जनताप्रतिको प्रतिबद्धता पूरा गर्नुपर्ने र योजनालाई समयमै सम्पन्न गर्नुपर्ने निर्देशन पनि उहाँले दिनुभयो। बैठकमा योजना तथा अनुगमन महाशाखा प्रमुख शिव सापकोटाले आगामी वर्षका लागि अर्थ मन्त्रालयबाट प्राप्त बजेट सीमाबारे जानकारी गराउँदै सोही सीमाभित्र रही कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो।

    राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको कार्यतालिका अनुसार काम गर्नुपर्ने भएकाले सबैको सहयोगको अपेक्षा उहाँले व्यक्त गर्नुभयो। बैठकमा मन्त्रालयका सचिवद्वयले विभिन्न निकायबाट प्राप्त सुझावहरूलाई संगठनका प्रस्तावित कार्यक्रममा समावेश गर्न उपयुक्त हुने धारणा राख्नुभयो। उहाँहरूले बजेट प्रस्ताव स्पष्ट र बुझ्न सजिलो हुनुपर्ने, कार्यक्रमको पूर्व तयारी अनिवार्य रहेको र खर्चको आधारमा बजेट पर्याप्त रहेको विचार व्यक्त गर्नुभयो। बैठकमा Digital Service Transformation कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने, कार्यक्रमका लक्ष्यहरू कार्यान्वयनयोग्य बनाउनुपर्ने, यसको प्रगतिमा सबै निकायका प्रमुखहरू गम्भीर हुनुपर्ने र यसलाई कार्यसम्पादन मूल्याङ्कनसँग जोडेर हेर्नुपर्ने सुझाव दिइएको थियो।

    साथै, शोधभर्ना लिने योजनामा देखिएको सुस्तताप्रति सम्बन्धित निकायलाई सक्रिय हुन, केही विश्वविद्यालयको लेखा परीक्षणमा महालेखा परीक्षकको कार्यालयले उठाएका प्रश्नहरूतर्फ ध्यान दिन र विभिन्न कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि कार्यक्रम प्रस्ताव गरी निगरानी निकायमा समयमै जवाफ पठाउन निर्देशन दिइएको थियो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूका प्रमुखहरूले आफ्ना निकायको प्रगति र कार्यक्रम सञ्चालनका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए।

    बैठकले आगामी आर्थिक वर्षको नीति तथा बजेटलाई समयसापेक्ष र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। शिक्षा मन्त्रालयले अबको १५ दिनभित्र सबै निकायबाट विस्तृत कार्ययोजना प्राप्त गरी आगामी बजेटलाई अन्तिम रूप दिने तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑