
काठमाडौं । लाईभ नेपाल नेटवर्क प्रा. लि. को आयोजनामा तथा नेपाल टेलिकमको सहकार्यमा एक दिने साइबर सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम पृथ्वी नारायण माध्यमिक विद्यालय, तारकेश्वर नगरपालिका वडा नं. ५ मा सम्पन्न भएको हो ।
कार्यक्रमका सभापति पुष्कर राज पाण्डेले साईबर सुरक्षा आजको आवश्यक्ता भएको बताउदै अझ विद्यार्थी भाईबहिनीहरुको लागी यो महत्वपुर्ण रहेको बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा समाजसेवी शम्भु प्रसाद फुयाँलको उपस्थिति रहेको थियो । विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माको उपस्थित थियो। साथै नेपाल टेलिकमका प्रतिनिधिहरू, यादब प्रसाद अधिकारी, प्रशिक्षक अच्युत ओझा, तथा वरिष्ठ शिक्षक शिवराम चालिसे लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो, जसले विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायलाई डिजिटल संसारमा सुरक्षित रहन प्रेरित गरेको छ।
यस अवसरमा नेपाल टेलिकमद्वारा करिब २०० भन्दा बढी निशुल्क सिम कार्ड वितरण गरिएको थियो, जसले डिजिटल पहुँचलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमले सहभागिहरूलाई डिजिटल युगमा आवश्यक साइबर सचेतनाको सन्देश दिन सफल भएको आयोजकहरूले जनाएका छन्।