
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को दोस्रो पूर्ण बैठकमा ६६ जना कन्द्रीय सदस्यले एजेण्डामा केन्द्रीत आफ्नो धारणा राखेका छ थिए। काठमाडौंमा भएको बैठकमा केन्द्रीय सदस्यहरुले राखेको धारणामा अध्यक्ष डा बाबुराम भट्टराईले जवाफ दिँए ।
पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यस अघिको कार्यविभाजनको समिक्षा गरी नयाँ कार्यविभाजन हुने साथै सबै खाले भ्रष्टाचार विरुद्ध सबै तहमा संघर्ष संचालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसदको लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरबका आयोजनाहरु छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे संघर्ष संचालन गर्ने मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे संघर्ष संचालन गर्ने, स्थानीय स्तरका मुद्धाहरू स्थानीय तहले पहिचान गरी अभियान संचालन गर्ने र राजनितिक समिति गठन गर्ने लगायतका प्रस्ताव पेस गरिएका थिए।