• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १ दिन अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १ दिन अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १ दिन अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १ दिन अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १ दिन अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १ दिन अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १ दिन अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १ दिन अघि

      वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए

      १ दिन अघि

      विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारी संविधान र लोकतान्त्रिक व्यवस्थामाथिको प्रहारः सरोकारवाला

      १ दिन अघि

      नयाँ वर्षको सुखद सुरुवात: रक्षा नेपालका छोरीहरूलाई समाजसेवीहरूको सामूहिक साथ र मिष्टान्न भोजन

      १ दिन अघि

      कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

      १ दिन अघि

      तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

      १ दिन अघि

      ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार

      १ दिन अघि

      भारतको चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखन विरुद्ध’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ दिन अघि
    आज: २०८३ बैशाख २, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा.महतको जोड

  • लाईभ नेपाल
  • २०८२ अषाढ २२, आईतबार (९ महिना अघि)
  • ६८५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् ।

    “हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,” उनले भने । उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए । “हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं ।

    यही नै पार्टीको राइट टु द सेन्टर हो । कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन् । तर हामी आस्थावान् छौं । यही हाम्रो पार्टीको आधार हो, हरेक धर्म मान्नेकाे अधिकार सुनिश्चत गर्दै यसको संरक्षण गर्न जरुरी छ,” महतको भनाइ थियो । उनले भने, धार्मिक स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक समाजको आधारभूत अधिकार हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ, सबै धर्ममा आस्था राख्नेलाई संरक्षण गर्नुपर्छ, पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ ।”

    डा. महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।

    सक्रिय सदस्यताको अवस्था र पार्टी संगठनप्रति असन्तुष्टि डा. महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, “सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।” डा. महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए ।

    “विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,” उनले भने । गठबन्धन सरकार र मन्त्रीहरूको प्रदर्शनप्रति टिप्पणी गठबन्धन सरकारमा कांग्रेसको सहभागिता सन्दर्भमा उनले भने, “गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो । तर सरकारमा बसेपछि त्यहाँ बसिराख्ने न्युनतम आधार तयार गर्न जरुरी छ।” उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए ।

    प्रदेश सरकार र नेताको क्षमताप्रति प्रश्न डा. महतले प्रदेश सरकारहरूमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए । “प्रदेशमा सिनियर नेताको अभाव छ । अराजकता बढेको छ । यदि यसरी नै गयो भने प्रदेश संरचना प्रति नै जनविश्वास हराउने खतरा छ,” उनले भने । जनसम्पर्क समिति र प्रवासी नेपालीहरूलाई सम्बोधन विदेशस्थित जनसम्पर्क समितिहरू कमजोर बनेको, अधिवेशन समयमा नहुने, नाउँमात्रको समितिहरू रहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे ।

    “नयाँ पार्टीहरूले विदेशमा सक्रियता बढाएका छन् । हामीले त्यसलाई रोक्न सकेनौं भने प्रवासी नेपालीहरूको समर्थन गुम्नेछ,” उनले भने । विदेशमा रहेका नेपालीहरुलाई पार्टीमा जोड्न र भएकाहरुलाई इन्ट्याक्ट राख्न विश्वव्यापीरुपमै सम्पर्क समिति बनाउन जोड दिदै उनले भने – “त्यसको लागि पार्टीले ग्लोबल र क्षेत्रिय संयन्त्र बनाउन जरुरी छ । ” पार्टी निर्माण र आर्थिक अनुशासनमा ध्यान दिनुपर्नेमा जोड उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताए ।

    “सरकारको लगानी प्रभावकारी छैन, रोजगारी सिर्जना भइरहेको छैन । प्रदेश र केन्द्र दुवैतिर कुशासनको असर छ,” डा. महतले जोड दिए । उनले भने – “ नेपाली कांग्रेसले नै हो मुलुकको आर्थिक रुपान्तरण गर्ने, युवाहरुलाई रोजगार बनाउने, यो कुरालाई ध्यानमा राखेर अघि बढ्न जरुरी छ ।” उनले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    बले चिप्लिँदा सुशीललाई चिठ्ठा

    पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

    समाचार

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑