• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      १ मिनेट अघि

      इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

      ३ मिनेट अघि

      स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

      १५ मिनेट अघि

      नयाँ बर्षसँगै काठमाडौँमा वाइफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्ता गरेर उपत्यका जोड्ने तयारी

      १९ मिनेट अघि

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १ दिन अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १ दिन अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १ दिन अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १ दिन अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १ दिन अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १ दिन अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १ दिन अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १ दिन अघि

      वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए

      १ दिन अघि

      विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारी संविधान र लोकतान्त्रिक व्यवस्थामाथिको प्रहारः सरोकारवाला

      १ दिन अघि

      नयाँ वर्षको सुखद सुरुवात: रक्षा नेपालका छोरीहरूलाई समाजसेवीहरूको सामूहिक साथ र मिष्टान्न भोजन

      १ दिन अघि
    आज: २०८३ बैशाख २, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

  • लाईभ नेपाल
  • २०८२ श्रावण ११, आईतबार (८ महिना अघि)
  • ६१७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • राैतहट । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका दुई हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ ।

    चन्द्रपुर नगरपालिकाका अन्य नौवटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भए पनि वाड नम्बर २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको पहुँच पुगेको छैन । विसं २०७२ सालबाट निर्माण सुरु भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    आयोजना सुरु भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताए ।

    ‘यस क्षेत्रका नागरिकले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेका छन्’, उनले भने, ‘सङ्घीयतामा कार्यान्वयनमा पहिलादेखि नै यो आयोजना सुरु भएको हो, सङ्घीयतामा गएपछि यो आयोजना न सङ्घीय सरकारको ध्यानमा गयो न त प्रदेशको प्राथामिकतामा नै पर्यो ।’

    जुडिबेलावासीलाई शुद्ध पानी खुवाउन विभिन्न निकायमा धाइरहेको पनि उनले दुःखेसो गरेका छन् । करिब दुई सय घरलाई सिधै मोटरबाट ट्याङ्कीमा जम्मा नगरी पानी पठाइरहेको उनले बताए ।

    यस वडाको घरघरमा धारा पुर्‍याउन अझै करिब ३५ किलोमिटर मेनलाइन पाइपको आवश्यकता रहेको सोही समितिका सदस्य टेकनाथ खरेलले बताए । फूलबारीबाट वनटोल र रैयाटोलसम्मका नागरिकको घरघरमा पानी पुर्‍याउन मेनलाइनको पाइप अत्यवश्यक रहेको उनले बताए ।

    यो आयोजनाबाट मात्र यहाँका नागरिकलाई खानेपानी नपुग्ने हुँदा अर्को फेरि खानेपानीको योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको खरेलले सुझाएका छन् । यस वडामा जनगणना २०७८ अनुसार नौ हजार ९८२ जनसङ्ख्या रहेको छ ।

    उक्त जनगणना अनुसार दुई हजार ४८ घरपरिवार जनाएको भएता पनि हालसम्म सो वडामा दुई हजार ५०० भन्दा बढी घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङले बताए ।

    आर्थिक वर्ष २०८०/८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले बताए ।

    अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएको भए पनि ट्याङ्की निर्माण गर्ने ठेकेदारको ५४ लाख रूपैयाँ भुक्तानी हुन नसकेको इञ्जिनियर झाले बताए ।

    आयोजना अन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निमार्ण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको उनले बताए । उनका अनुसार बजेट अभावले मेनलाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको छ ।

    उनले भने, ‘बजेट माग गरिए पनि आउने नआउने ठेगान छैन। बजेट समयमा नै आउने हो भने काम सम्पन्न गर्न सकिन्छ।’

    यस आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित दुई करोड रूपैयाँ बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख गरेको छ । (रासस)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

    इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

    स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

    नयाँ बर्षसँगै काठमाडौँमा वाइफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्ता गरेर उपत्यका जोड्ने तयारी

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    समाचार

    नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

    इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

    स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

    नयाँ बर्षसँगै काठमाडौँमा वाइफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्ता गरेर उपत्यका जोड्ने तयारी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑