
काठमाडौंं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको जनाएका छन् ।
शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले संविधानवादबाट बाहिर जान नहुने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ।’


