• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

      २ घण्टा अघि

      ग्यास उद्योग संघले भन्याे– ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ

      २ घण्टा अघि

      लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

      २ घण्टा अघि

      ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

      ३ घण्टा अघि

      माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

      ३ घण्टा अघि

      वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

      ७ घण्टा अघि

      लिपमोटर बी०३एक्स प्रो म्याक्स प्रिमियम एसयूभी नेपाली बजारमा, मूल्य कति ?

      ८ घण्टा अघि

      लिपमोटर बी०३एक्स प्रो म्याक्स प्रिमियम एसयूभी नेपाली बजारमा, मूल्य कति ?

      ८ घण्टा अघि

      विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

      ८ घण्टा अघि

      नाडा अटो शो भदौ ९ देखि, अग्रिम टिकटमा ५० प्रतिशतसम्म छुट

      ८ घण्टा अघि

      सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

      ८ घण्टा अघि

      पोखरामा बीवाइडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स सेवा एकै ठाउँमा

      ९ घण्टा अघि

      क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

      ९ घण्टा अघि

      गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी

      ९ घण्टा अघि

      सुनचाँदीको मूल्यमा उच्च वृद्धि, आजको मूल्य कति ?

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण २४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू

  • लाईभ नेपाल
  • २०८२ आश्विन ४, शनिबार (१0 महिना अघि)
  • ८०६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • भादगाउँ । भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । नजिकिँदै आएको दसैँका कारण राति समेत काम गर्नुपर्ने व्यस्तता छ ।

    दसैँको घटस्थापनादेखि सप्तमी, महाअष्टमी, महानवमी र बडादसैँको दिन पूजा गर्न आवश्यक पर्व सामग्रीहरू बनाउन अहिले उनको परिवारलाई भ्याइनभ्याइ भएको हो । ‘दसैँ आइसक्यो । अर्डरको सामान बनाउन अझै बाँकी छ । श्यामले भने, ‘अहिले परिवारका सबै सदस्यहरू यसै काममा व्यस्त छन् । छोराछोरी बिहान र स्कुल छुट्टी पछि यसै काममा व्यस्त छन् ।’श्यामका बुबाआमा, श्रीमती, बहिनी, छोराछोरीहरू घटस्थापनामा पूजा कोठामा राख्ने गमला, सानो ध्याम्पो, धुपौरो, दूध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दूध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्लीलगायतका सामग्री बनाउनमा व्यस्त छन् । दसैँमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पूजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । यही माग धान्न अहिले श्यामका परिवारका सदस्यहरू माटो मुछ्ने, भाँडा बनाउने, सुकाउने, रङ लगाउने, आगोमा राख्नेदेखि सम्पूर्ण तयारी गरी बजार लाने काममा व्यस्त छन् ।

    त्यसैगरी भक्तपुरको तालाक्को टोलका अर्को व्यवसायी सुन्दर प्रजापतिलाई पनि यतिबेला भ्याइनभ्याइ छ । बिहान उठेदेखि दसैैँको अर्डरका लागि आएको सामग्री बनाउने कार्यमा व्यस्त छन् । दसैँ र तिहारको समयमा अर्डर आएका पर्व सामग्री मागअनुसार समयमा पुर्‍याउन सके वर्ष दिनका लागि घर चलाउन र बच्चाहरूको स्कुलको खर्च सजिलै पुग्ने, अरु बेला त्यति धेरै व्यस्त हुन नपर्ने सुन्दर बताउँछन् । उनले भने, ‘यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाहरूबाट अर्डर आएका पर्व सामग्रीहरू समय पुर्‍याउन सके खासै अरु बेला व्यस्त हुन् पर्दैन । यसैले वर्ष दिनमा खान, लाउन र छोराछोरीको खर्च पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दसैँ, तिहार र छठको लागि तीन महिना हो । अरु बेला फुर्सदमा काम गरेपनि खासै फरक पर्दैन । यतिले वर्षदिनमा गुजारा गर्न सहज हुन्छ ।’बजारमा विभिन्न आधुनिक सामान भए पनि पर्वको समयमा माटोको सामग्री बढी प्रयोग हुने भएकाले पनि यसको व्यापार निकै फस्टाउँदै गएको व्यापारीहरू बताउँछन् । यस व्यवसायमा लागत र परिश्रम अनुसार बढी आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ताहरू आकर्षित भएको देखिन्छ ।

    भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९०० सम्मका सामग्री उत्पादन हुन्छ । चाडपर्वको समय भक्तपुरको तालक्को र सूर्यविनायकको मात्र नभएर सूर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र कुम्हालेहरूको परिवारका सदस्यहरू समेत पर्व सामग्री बनाउने कायमा व्यस्त देखिन्छ । यो सयम अधिकांस कुम्हाले परिवारका सदस्यहरू भाँडा बनाउने, सुकाउने, रङ लगाउने, बुट्टा राख्ने, मिलाएर बजार पठाउने कार्यमा व्यस्त छन् ।

    भक्तपुरमा उत्पादन गर्ने पर्व सामग्रीहरु नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारीको देवगृह, भक्तपुर नगर, काठमाडौँ, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यवसायी सुन्दर प्रजापतिले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

    ग्यास उद्योग संघले भन्याे– ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ

    लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

    ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

    माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

    वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

    समाचार

    कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

    ग्यास उद्योग संघले भन्याे– ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ

    लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

    ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑