काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेपछि शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक दुवैतर्फ अवरुद्ध भएकाे थियो ।
पहिरो पन्छाएर आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यहाँ हजारौँ यात्रुहरू अलपत्र परेका थिए ।
