असोज १२, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताउनुभएको छ । आज स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजित ‘वर्तमान संकट र समाधान’ विषयक एक विमर्श कार्यक्रममा बोल्दै नेता महरले अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न पहिलो कार्य भनेको निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनुपर्ने नै हो ,होईन भने अर्को विकल्प भनेको संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै महरले भन्नुभयो, “आजको प्रमुख विषय भनेकै अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयको राष्ट्रिय संवाद मार्फत निर्क्यौल गर्दै संविधानलाई लिकमा ल्याउनु हो ।” उहाँले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गर्नुभयो । “एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन्, अर्कोतिर महँगी र आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बनेको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो ।” उहाँले हालै देखिएको युवा आक्रोश र सडक प्रदर्शनहरूले पनि राजनीतिक नेतृत्वलाई गम्भीर हुन सचेत गराएको बताउनुभयो ।
महरले जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न जनजी युवा पुस्ताले खोजेको सुशासन स्थापनाका लागि भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्नेमा जोड दिनुभयो । “भ्रष्टाचार देशको सबैभन्दा ठूलो शत्रु हो, जबसम्म यसलाई जरैदेखि उखेल्न सकिँदैन, तबसम्म राष्ट्र निर्माणको कुरा गर्नु निरर्थक हुन्छ,” महरले भन्नुभयो । उहाँले ठूला २०१७ साल देखि आज सम्म सार्वजनिक पदमा बसेकाहरु सम्पत्ति छानबीनक लागि अधिकार सम्पन्न उच्च स्तरिय समिति बनाउनु पर्ने बताउनु भयो ।काण्डहरूमा समेत राजनीतिक संरक्षण हुने गरेका कारण आमजनताको राज्य संयन्त्रमाथिको विश्वास गुम्दै गएको सत्यहो तर वर्तमान सरकार पर्वाही तरिकाले अगाडि बडेको खण्डमा भने जनताले अस्वीकार गर्ने बताउदै महरले ‘लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकार प्रमुखसहित सबै राजनीतिक दलहरूलाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने र फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्र्माण गर्न सुझाव दिनुभयो । ‘महरले आफू सदैव जनताले खोजेको परिवर्तनको पक्षमा रहेको बताउनुभएको छ।
