• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

      १ घण्टा अघि

      आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

      १ घण्टा अघि

      आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

      १ घण्टा अघि

      टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

      १ घण्टा अघि

      निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      १ घण्टा अघि

      जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

      ११ घण्टा अघि

      पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      ११ घण्टा अघि

      सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

      ११ घण्टा अघि

      प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

      ११ घण्टा अघि

      पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

      ११ घण्टा अघि

      Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

      ११ घण्टा अघि

      लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

      ११ घण्टा अघि

      NMB Bank Enhances Credit Card Convenience with ‘NMB Insta Buy’

      ११ घण्टा अघि

      स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

      २३ घण्टा अघि

      कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

      १ दिन अघि
    आज: २०८२ मंसिर २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    सीप र संघर्षकी प्रतीक – राधीका कार्की थापा

  • लाईभ नेपाल
  • २०८२ आश्विन १३, सोमबार (२ महिना अघि)
  • ३६९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । “सीप र जाँगर छ भने मागेर खानु पर्दैन” भन्ने पुरानो भनाइलाई जीवन्त प्रमाणित गर्ने पात्र हुन्—राधीका कार्की थापा। साधारण परिवारमा जन्मिएर सीप, संघर्ष र सामाजिक सेवाको बाटो समातेकी उनी आज नेपाली महिलाको आत्मनिर्भरता र साहसको परिचय बनिसकेकी छिन् ।

    संघर्षको सुरुवात :-

    सुनसरीको इटहरीमा जन्मेकी राधीका दिदी पाँच दिदीबहिनीमध्ये साईँली । एसएलसीसम्मको अध्ययनपछि बहिनीको साथमा टेलरिङ पसल खोल्दै उद्यमको बाटो हिँडिन् । प्रेम विवाहपछि पारिवारिक समस्या आयो—श्रीमान्को अर्को विवाह। जीवनको त्यस्तो मोडमा धेरैजसो महिला निराश हुन्थे । तर राधीका दिदी निराश भइनन, बरु समाजसेवाको बाटो रोजिन् ।

    पन्ध्र वर्षपछि पढाइलाई निरन्तरता दिँदै कक्षा १२ सम्म पुर्याइन् । संघर्ष र लगनशीलतालाई आधार बनाएर उनले वि.सं. २०६६ सालमा साथी सविता दाहालसँग मिलेर “महिला सीप विकास केन्द्र, इटहरी” स्थापना गरिन् ।

    सीपबाट आत्मनिर्भरता :-

    सुरुवाती दिनमा केन्द्रले महिलालाई कपडा सिलाउने, ड्राइभिङ, घरेलु उत्पादनजस्ता तालिम दियो। त्यसपछि फोहोरबाट उपयोगी सामान बनाउने, व्याग, मोतीमाला, लाछा, अचार उत्पादनसम्म विस्तार भयो ।

    तालिम मात्रै होइन—उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्थापन पनि केन्द्रकै पहलमा भयो। यसरी महिलाले सीपलाई प्रत्यक्ष रोजगारीसँग जोड्न सकेका छन् ।

    कोरोना महामारीको कठिन समयमा पनि राधीका कार्की थापाले नयाँ बाटो देखाइन्। महिलालाई पञ्चेबाजा बजाउने तालिम दिएर विवाहमा कमाउने अवसर खोलिदिइन्। परम्परागत रूपमा ‘पुरुषको काम’ मानिने क्षेत्रमा महिलाले पर्खाल तोडेर आत्मनिर्भर बन्ने मार्ग प्रशस्त भयो ।

    सम्मान र पहिचान :-

    राधीका दिदीको योगदानलाई २०१५ मा काठमाण्डौंमा आयोजित “सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान” बाट कदर गरियो ।

    अझ गर्वको कुरा—उनको संघर्ष र सफलताको कथा बेलायतको लिभरपुल जोन मोर युनिभर्सिटी (LJMU) को पाठ्यक्रममा अन्य संघर्षशील महिलासँगै अध्यापन हुँदै आएको छ ।

    दृष्टि र दर्शन :-

    राधीका दिदीको प्रेरणास्रोत भारतकी मदर टेरेसा हुन्। उनी भन्छिन्—

    “परोपकार नै सबैभन्दा ठूलो धर्म हो ।”

    उनलाई विश्वास छ—लोककला, हस्तकला, भाषा र संस्कृतिको संरक्षण नगरे समाजको अस्तित्व नै हराउँछ। त्यसैले उनको सपना छ—“महिला सीप विकास केन्द्र” लाई विश्वभरका नेपाली भाषी महिलासम्म पुर्याउने ।

    पहिलो भेटको प्रभाव :-

    म असमबाट नेपाल भ्रमणमा आएको बेला इटहरीको एउटा चियापसलमा उनको पहिलो भेट भयो। चियाको गन्ध जस्तै—ताजा र गहिरो । छोटो भेटमै उनले जीवन, संघर्ष र सीपको मूल्यबारे बोलेका शब्दहरूले मलाई गहिरो छुन पुग्यो ।

    त्यो दिनदेखि मेरो मनमा एउटा प्रश्न खेलिरहेछ –
    “कहिले हाम्रा समाजका सबै दिदीबहिनीले पनि सीपलाई बजारमा रुपान्तरण गरेर गर्वका साथ आत्मनिर्भर बन्न सक्लान् ?”

    निष्कर्ष :-

    राधीका कार्की थापाको कथा कुनै उपन्यास वा चलचित्रको कल्पना होइन—यो वास्तविक जीवनको सशक्त उदाहरण हो । उनी महिलाको लागि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

    कला बाँचे कलाकार बाँच्नेछन्, संस्कृतिले बाँच्दा समाज मुस्कुराउनेछ। राधीका कार्की थापा जस्ता पात्रहरूले हामीलाई यसै पाठ पढाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    समाचार

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑