• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

      ११ घण्टा अघि

      “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

      १२ घण्टा अघि

      फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

      १२ घण्टा अघि

      दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

      १२ घण्टा अघि

      चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति

      १२ घण्टा अघि

      सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

      १२ घण्टा अघि

      सात महिनामा बजेट खर्च ४०.८ प्रतिशत मात्रै, पुँजीगत खर्च १५ प्रतिशतमा सीमित

      १२ घण्टा अघि

      भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा

      १२ घण्टा अघि

      inDrive Celebrates Fair Rides in Nepal with 0.01% Service Fee for Driver Partners

      १७ घण्टा अघि

      पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

      १८ घण्टा अघि

      बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी

      १८ घण्टा अघि

      शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

      १८ घण्टा अघि

      डायमण्ड चलचित्र रत्न सम्मान तथा अवार्ड–२०८२ भव्य रूपमा सम्पन्न

      १८ घण्टा अघि

      ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

      १ दिन अघि

      साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ फागुन १, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    ‘परान’को पोएटिक टिजर रिलिज, छोराबाट कस्तो आश राख्छन् बाबुले ?

  • लाईभ नेपाल
  • २०८२ आश्विन २८, मंगलबार (४ महिना अघि)
  • ४८६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आइतबार परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।

    ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ । कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।

    कवि पराजुलीले सो मनोभावनालाई निम्न प्रकारले उधिनेका छन् ।

    ”जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन

    यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।

    चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन

    जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।

    यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन

    ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए

    छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन

    यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।”

    टिजरमा यी शब्दहरू फिल्मका प्रमुख कलाकार निर शाह मार्फत व्यक्त गर्दै मुख्य रुपमा फिल्माइएको छ ।

    उनीसँगै त्यहाँ मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । यो पोएटिक टिजरले दर्शकहरूलाई फिल्मको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ। टिजरले फिल्ममा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ ।

    अतः सार्वजनिक टिचरबाट ‘परान’ फिल्म एउटा गतिलो पारिवारिक खुराक बन्ने स्पष्ट संकेत मिलेको छ। दिग्गज कलाकारहरूको अभिनय र विषयवस्तुका कारण यो फिल्म पारिवारिक दर्शकका लागि विशेष सिनेमा हुने सहजै अनुमान गर्न सकिन्छ । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ । आचार्यको यो डेब्यु निर्देशन हो ।

    रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन् ।शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन् । देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो । देशकै ठूलो व्यापारिक घरानियाको निर्माण रहेकाले पनि यो फिल्म धेरैको पर्खाइमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

    “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

    फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

    दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

    चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति

    सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

    समाचार

    स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

    “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

    फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

    दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑