• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      २४ मिनेट अघि

      सुनितालाई घरमै नागरिकता

      २७ मिनेट अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      ३१ मिनेट अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      ४२ मिनेट अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      ४५ मिनेट अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      ५२ मिनेट अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      ५७ मिनेट अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      १ घण्टा अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      १ घण्टा अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      १ घण्टा अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १ दिन अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि
    आज: २०८३ जेष्ठ ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    डेपुटी गभर्नरको दौडमा १७ आकांक्षी, राजनीतिक समीकरणले फेर्यो खेल

  • लाईभ नेपाल
  • २०८२ कार्तिक १६, आईतबार (७ महिना अघि)
  • ७२२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, १६ कार्तिक । नेपाल राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्तिको होड तीव्र बनेको छ। गत भदौसम्म दीर्घबहादुर रावल र रामशरण खरेललाई “अवश्यम्भावी” उम्मेदवारका रूपमा हेरिँदै आएको भए पनि राजनीतिक समीकरण उल्टिँदा अब खेल पूर्णतः नयाँ दिशातर्फ गएको छ।

    भदौको अन्तिम साता भएको जेनजी आन्दोलनले तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो र नयाँ गैह्रदलीय अन्तरिम सरकार बनेपछि डेपुटी गभर्नर चयन प्रक्रिया अनिश्चित बनेको हो।

    हालका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल आगामी फागुन २५ गते सकिँदैछ। उनीहरूलाई मन्त्रिपरिषद्ले २०७७ फागुन २५ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरेको थियो।

    तर अहिले कुन सरकारले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने भन्ने स्पष्ट छैन। अन्तरिम सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ, जसका क्रममा नयाँ संसदको मतपरिणाम आउँदै गर्दा नै डेपुटी गभर्नरहरूको कार्यकाल समाप्त हुनेछ। यसअघि पनि राष्ट्र बैंकमा पद रिक्त भएपछि केही महिनासम्म नयाँ नियुक्ति नहुने परम्परा देखिँदै आएको छ।

    राष्ट्र बैंक ऐन अनुसार विद्यमान कार्यकारी निर्देशकहरुमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नुपर्छ। अहिले बैंकमा १७ जना कार्यकारी निर्देशक छन्। तीमध्ये एक, विमलराज खनाल, आगामी पुसमै अवकाश पाउँदैछन्। उनीपछि राजेन्द्र भट्टराई नयाँ कार्यकारी निर्देशक बन्ने तय भएको छ।

    भर्खरै अवकाश पाएका गुणाकर भट्टको सट्टा राजनविक्रम थापालाई पनि कार्यकारी निर्देशक बनाइने तयारी छ। यसरी पदोन्नत हुने नयाँ निर्देशकहरू पनि डेपुटी गभर्नरको संभावित दौडमा प्रवेश गर्नेछन्।

    राष्ट्र बैंकका स्रोतका अनुसार, अहिलेका १७ कार्यकारी निर्देशकमध्ये ७ जना प्रजातान्त्रिक र १० जना वामपन्थी धारका छन्। दयाराम शर्मा र निश्चल अधिकारी खुलेर पक्ष नलिएको भए पनि दयाराम उदारवादी र निश्चल वाम विचारधाराका मानिन्छन्।

    कांग्रेस निकट निर्देशकहरूमा नरेश शाक्य, विश्रुत थापा, गुरुप्रसाद पौडेल, डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, अनुज दाहाल र राजेन्द्र भट्टराई परेका छन्।त्यस्तै एमाले निकटहरूमा रेवतीप्रसाद नेपाल, रामु पौडेल, किरण पण्डित, सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल र रामशरण खरेल छन्।
    माओवादी पक्षधर भने निर्देशक दिपक लामिछाने र राजनविक्रम थापा मानिन्छन्।

    यदि माओवादी नेतृत्वको सरकार बन्न पुग्यो भने यी दुईमध्ये एकजनाको डेपुटी गभर्नर बन्ने संभावना बलियो देखिन्छ।

    गभर्नर विश्वनाथ पौडेलले अहिले गुरुप्रसाद पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा, जुन सबैभन्दा प्रभावशाली मानिन्छ, राखेका छन्। त्यस्तै दोस्रो शक्तिशाली विभाग आर्थिक अनुसन्धान भने रामशरण खरेलको नेतृत्वमा छ। खरेल पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाका ज्वाइँ हुन्।

    राजनीतिक सम्बन्धका कारण खरेललाई एमाले निकट वृतमा सबभन्दा बलियो उम्मेदवार मानिएको छ। त्यस्तै, दीर्घबहादुर रावलको नाम कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिँदै आएको छ।

    तर इतिहासले भन्छ — राष्ट्र बैंकमा बढुवा सधैं अनुमानभन्दा फरक मोड लिन्छ। उदाहरणका लागि डा. नीलम ढुंगानाको बढुवा कोहीले कल्पना नगरेको थियो, त्यस्तै शिवनाथ पाण्डेभन्दा शिवराज श्रेष्ठ अघि बढेका थिए।

    यस पटक पनि सरकार फेरिएपछि पुराना समीकरण मेटिएका छन्। अब सबै १७ निर्देशकले आफ्ना-आफ्नै राजनीतिक र प्रशासनिक जालो विस्तार गर्दै सक्रियता देखाएका छन्।

    अघिल्ला अभ्यासअनुसार, कहिलेकाहीँ सरकारले एक जना र गभर्नरले अर्को जना सिफारिस गर्ने परिपाटी पनि रहँदै आएको छ। यस्तो अवस्थामा गभर्नर पौडेल गुरु पौडेल वा दीर्घ रावलमध्ये एक जनालाई रोज्न सक्ने अनुमान पनि गरिएको छ।

    तर यदि एमाले निकट नाम अघि बढे भने रामु पौडेल, किरण पण्डित वा रोशन सिग्देल पनि बलियो दाबेदार बन्न सक्छन्।

    जेनजी आन्दोलनपछि राजनीतिक शक्ति सन्तुलन फेरिएकोले अब डेपुटी गभर्नरको प्रतिस्पर्धा खुलेर १७ जनाको बीचमा पुगेको छ।
    अब नियुक्तिको ‘कुञ्जी’ राजनीतिक परिस्थितिले कसको हातमा पुग्छ, त्यसैमा आगामी राष्ट्र बैंकको नीति–नियन्त्रणको दिशा तय हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

    कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

    समाचार

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑