• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      २४ मिनेट अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      १ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      १ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      १ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      १ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      १ दिन अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      १ दिन अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि
    आज: २०८३ भाद्र २५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    बालबालिकामा कुपोषण दर उच्च

  • लाईभ नेपाल
  • २०८२ कार्तिक ३०, आईतबार (९ महिना अघि)
  • ११५९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • कञ्चनपुर । भीमदत्त नगरपालिका– १८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगे । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।

    उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्दथ्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना कक्षमा भर्ना हुन लगाए । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाए ।

    अहिले उनी दुई साताअघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेका छन् । ‘यहाँ भर्ना भएको १० दिन भएको छ, १० दिनमा मेरो शिशुको सात सय ग्राम तौल बढेको छ’, पूजाले भनिन्, ‘घरमा र यहाँ खाना खुवाउने तरिका धेरै फरक पाएँ ।’ उनले पुनःस्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने गरेको बताइन् ।

    भीमदत्त नगरपालिका बागबाणीकी गीता सेवाको समस्या पनि उस्तै छ । अस्पतालमा खोप लगाउन आएका बेला शिशुको तौल जाँच गराउँदा उमेरअनुसार तौल नपुगेपछि उनी पनि अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएको बताइन् । ‘घरमा हामीले खानेकुरा एक दुईपटक शिशुलाई खुवाउँथ्यौँ’, उनले भने, ‘यहाँ दैनिक चारपटक फरकफरक पोषणयुक्त खानेकुरा आमा र शिशु दुवैलाई खुवाउनुहुन्छ ।’

    भीमदत्त नगरपालिका–३ की विस्ना बोहराले पनि एक वर्षीया शिशुलाई पोषण पुनःस्थापना गृहमा भर्ना गराएकी छिन् । पछिल्लो समय शहरी क्षेत्रकै बालबालिकामा कुपोषण देखिन थालेको छ । ग्रामीण क्षेत्रका बालबालिकामा पनि कुपोषणदर उच्च रहे पनि पोषण पुनःस्थापना गृहमा पुग्न नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

    महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन् । अस्पतालका अनुसार पुनःस्थापना गृहमा पाँच वर्षमुनिका आमा र बच्चाका लागि निःशुल्क उपचार हुँदै आएको छ ।

    २०६३ सालमा सञ्चालनमा आएको पोषण पुनःस्थापना गृह १० शय्या (बेड) क्षमताको छ । पोषण पुनःस्थापना गृहका प्रमुख इन्द्रा भट्टले यहाँ भर्ना भएका बालबालिका निको भएर जाने दर बढेको बताइन् ।

    ‘तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ भर्ना हुने बालबालिकाको सङ्ख्या कम भएको देखिन्छ’, उनले भनिन्, ‘अहिले सहरी क्षेत्रकै बालबालिका बढी आएको देखिन्छ, अहिले समुदायमै कडा कुपोषणका बालबालिका कम भएका हुन् कि समुदायमै छुटेका छन् यो खोज्नुपर्ने विषय बनेको छ ।’

    विगतको तुलनामा समुदायस्तरमा जतचेतानाका कार्यक्रम कम भएपछि यहाँ भर्ना हुन आउनेको सङ्ख्या पनि कम भएको उनको भनाइ छ । महिला काममै व्यस्त हुने र बालबालिकालाई समयमा खानासमेत खुवाउन नसक्ने हुँदा कुपोषित हुने गरेको उनले बताइन् । तर जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा कडा कुपोषणका बालबालिका धेरै छन् ।

    कार्यालयको तथ्याङ्कअनुसार आव २०७९–८० मा तीन सय ७५ बालिका र दुई सय ८१ बालकमा कडा कुपोषण देखिएको थियो भने चार सय ६५ बालिका र चार सय ४५ बालकमा मध्यम कुपोषण देखिएको थियो ।

    आव २०८०–८१ मा ६ महिनादेखि ५९ महिनासम्मका चार सय ४४ बालिका र तीन सय ९३ बालकमा कडा कुपोषण देखिएको थियो भने ८२ जना बालिका र ६१ बालकमा मध्यम कुपोषण देखिएको थियो ।

    त्यसैगरी, ६ महिनाभन्दा कमका २४ बालबालिकामा कुपोषण देखिएको थियो । आव २०८१–८२ मा ६ महिनादेखि ५९ महिनासम्मका तीन सय ६३ बालिका र दुई सय ४६ बालकमा कडा कुपोषण देखिएको थियो । यसैगरी, १८ बालिका र २६ बालकमा मध्यम खालको कुपोषण भएको पाइएको थियो ।

    चालु आर्थिक वर्षमा हालसम्म ६ देखि ५९ महिनाका ९५ बालिका र ९६ बालकमा कडा कुपोषण देखिएको छ । ५९ बालिकामा र ३६ बालकमा मध्यम खालको कुपोषण देखिएको छ । त्यसैगरी ६ महिनाभन्दा कमका नौ बालकमा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।

    पछिल्लो समय रोजगारीलगायतका काममा व्यस्त हुँदा पूर्ण रूपमा स्तनपान गराउने आमाको सङ्ख्या पनि घट्दै गएकाले बालबालिकामा कडा कुपोषण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

    आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने भएकाले पूर्ण स्तनपान नहुँदा कुपोषणजस्ता समस्या देखिने गर्दछन् । (रासस)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    समाचार

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑