• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

      १0 घण्टा अघि

      अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

      १0 घण्टा अघि

      संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

      १0 घण्टा अघि

      एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

      १0 घण्टा अघि

      vivo Teases the Upcoming V70 Flagship

      १0 घण्टा अघि

      चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

      १0 घण्टा अघि

      यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य

      ११ घण्टा अघि

      ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

      ११ घण्टा अघि

      आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १२ घण्टा अघि

      Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom Inauguration and Customer Meet

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

      १ दिन अघि

      जब सबै पछि हटे, उनी अघि बढे: राजन थापाको अद्भुत सेवा कथा

      १ दिन अघि

      प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त, पारदर्शिता र विश्वासमा जोड

      १ दिन अघि

      सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी : अध्यक्ष ढकाल

      १ दिन अघि

      स्थानीयदेखि उपत्यकाभरि आकर्षण बन्दै सान इन्टरनेशनल कलेज

      १ दिन अघि
    आज: २०८२ चैत्र १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

  • लाईभ नेपाल
  • २०८२ मंसिर ७, आईतबार (४ महिना अघि)
  • २९४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ ।

    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनः निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो ।

    बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।

    क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनः निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

    उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।

    ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनः निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ ।

    ‘पुनः निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ’, योगेशले भने ।

    उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनः निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित) रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।

    यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनः निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो ।

    नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड (भ्याटसहित) रुपैयाँमा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ ।

    यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनः निर्माणका लागि जापानले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

    कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।

    कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनः निर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए । उनले भने, ‘निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्थायी पुनः निर्माण थालिएको हो ।’

    क्षतिग्रस्त खण्ड पुनः निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

    खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

    उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    vivo Teases the Upcoming V70 Flagship

    चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

    समाचार

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑