काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ६ खर्ब ८७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा पाँच खर्ब २३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । यो अवधिमा रेमिटेन्स भित्रने दर ३१ प्रतिशतले बढेको हाे ।
साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ । चार महिनामा चार अर्ब ८६ करोड रूपैयाँ रेमिटेन्स बाहिरीएको हो । गत वर्षको यही अवधिमा दुई अर्ब ६२ करोड रूपैयाँ बाहिरिएको थियो ।

