
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सार्वजनिक गरेको छ । बैंकले आफ्ना कर्मचारी तथा खातावाला ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याएको यो अभियान डिजिटल बैंकिङ प्रयोगको दायरा विस्तार गर्न केन्द्रित रहेको जनाएको छ ।
उक्त अभियान २०८२ साल पुस महिनाभर लागू हुने बैंकले जनाएको छ । अभियान अवधिमा रु. २०० वा सोभन्दा बढी रकमको टप अप गर्ने सहभागीहरूमध्ये भाग्यशाली ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने व्यवस्था गरिएको छ । बोनस प्राप्त गर्ने ग्राहकको नाम अभियान समाप्त भएपछि सार्वजनिक गरिने बैंकले जानकारी दिएको छ ।
यस अभियानले डिजिटल बैंकिङ कारोबार बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ भने बैंकको सेवा प्रदायकसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।
हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । तीमध्ये करिब १० लाख ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिइरहेका छन्।


