• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      २ दिन अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      २ दिन अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      २ दिन अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      २ दिन अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      २ दिन अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ४ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ४ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ४ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ४ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    बालाजुमा लायन्स क्लबको ‘उपकार अभियान’: स्वास्थ्य शिविरमार्फत समुदाय र प्रहरीको सेवा

  • लाईभ नेपाल
  • २०८२ पौष ६, आईतबार (८ महिना अघि)
  • ८५२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • राजन थापा
    काठमाडौँ  । काठमाडौँको बालाजु प्रहरी वृत्तमा प्रहरी, थुनुवा र स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित एकदिने नि:शुल्क स्वास्थ्य तथा दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमै पहिलोपटक प्रहरीका लागि लक्षित गर्दै पाँचवटा प्रतिष्ठित स्वास्थ्य संस्था एकै स्थानमा समेटेर सञ्चालन गरिएको यो शिविरले स्थानीय, प्रहरी र थुनुवा समुदायलाई बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

    शिविरमा सहभागी प्रमुख स्वास्थ्य संस्था र साझेदारमा ॐ समाज डेण्टल अस्पताल, विनायक अस्पताल तथा प्रसूति गृह प्रा.लि., ग्राण्डी अस्पताल, सुकृ हाउस अफ डायग्नोस्टिक्स एण्ड वेलनेस सेन्टर, र किर्तिपुर आँखा अस्पताल रहेका थिए। शिविरमा ॐ समाज डेण्टल अस्पतालले दन्त र मुख स्वास्थ्यको निगरानी, दाँत सफा गर्ने, सामान्य दन्त उपचार र आवश्यक परामर्श निःशुल्क उपलब्ध गराएको थियो। अस्पताल शाखा प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा, चिकित्सकहरूले सेवाग्राहीहरूको दन्त समस्याको प्रारम्भिक परीक्षण गरेका थिए। आवश्यक परे, थप उपचारका लागि सेवाग्राहीलाई सम्बन्धित अस्पतालमा रेफर गर्ने व्यवस्था पनि मिलाइएको थियो।

    **विनायक अस्पताल तथा प्रसूति गृह प्रा.लि.**ले सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह र रक्तचिनी जाँच, औषधि वितरण तथा आवश्यक परामर्श प्रदान गरेका थिए। विशेषगरी थुनुवा/कैदीहरूको स्वास्थ्य जाँच र आवश्यक औषधि उपलब्ध गराएकोमा नेपाल प्रहरीका डिआइजी विश्वराज अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्रहरी, थुनुवा र समुदायका लागि लक्षित यस्ता स्वास्थ्य शिविरहरू अत्यन्तै उपयोगी हुने उल्लेख गर्दै, भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

    किर्तिपुर आँखा अस्पतालले आँखा परीक्षण र दृष्टि सुधार सम्बन्धी सुझाव उपलब्ध गराएको थियो। अन्य स्वास्थ्य संस्थाले रक्त परिक्षण, डायग्नोस्टिक परीक्षण र स्वास्थ्य परामर्श सेवा प्रदान गरेका थिए। बालाजु प्रहरी वृत्तका प्रमुख ज्ञान बहादुर बिष्टले प्रहरीको व्यस्त कार्यतालिकाबीच स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउनु सकारात्मक उपलब्धि भएको बताउँदै सहभागी सबै स्वास्थ्य संस्था, चिकित्सक र सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्रहरी स्वस्थ भए मात्र नागरिकलाई प्रभावकारी सेवा दिन सकिने उल्लेख गर्नुभयो।

    उक्त अवसरमा **भदौ २४ र २५ गतेको ‘जेन्जी आन्दोलन’**का क्रममा क्षतिग्रस्त भएको बालाजु प्रहरी वृत्तको भवन पुनर्निर्माण कार्य सम्पन्न भई हाल नियमित सेवा सञ्चालनमा रहेको जानकारी पनि दिइएको थियो। शिविरमा रोल्पाली चेली फाउण्डेसनको सक्रिय सहभागिता रहेको थियो। फाउण्डेसनले शिविर सञ्चालनमा आवश्यक सहकार्य गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएका छन्।
    साथै, प्रसिद्ध तान्त्रिक मोहनी गुरु विनोद कार्कीले शिविर सञ्चालनका लागि आवश्यक खानेपानीको व्यवस्था गरी सहयोग गर्नुभएको थियो। उहाँले यस्तो सामाजिक तथा स्वास्थ्य सेवामूलक कार्यक्रममा अबदेखि सधैं सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    शिविर सञ्चालनमा प्राविधिक/व्यवस्थापन टोलीको महत्वपूर्ण भूमिका रहेको थियो। टोलीमा स्वयंसेवक समन्वयकहरू, फिल्ड असिस्टेन्ट, डेटा व्यवस्थापक, र सुविधा प्रबन्धक समावेश थिए, जसले सम्पूर्ण शिविरको व्यवस्थापन, स्वास्थ्य उपकरणको तयारी, र सेवाग्राहीहरूको दर्ता तथा सहजीकरण सुनिश्चित गरेका थिए। सिबिरमा विभिन्न संघ/संस्था प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको थियो। तीमध्ये प्रमुख सहभागीहरूमा अभियानता कल्पना चापागाईं, आस्मा राउत, यमकला के.सि., र सञ्जिला सापकोटा वाग्ले रहेका थिए। सहभागी प्रतिनिधिहरूले कार्यक्रमको सफल सञ्चालनमा योगदान पुर्‍याएका साथै स्वास्थ्य र सामाजिक सेवामा जागरुकता फैलाउन सहयोग गरेका थिए।

    शिविरले प्रहरी, थुनुवा र स्थानीय समुदायबीच सहकार्य बढाउन मात्र नभई स्वास्थ्य सचेतना फैलाउने, व्यक्तिगत स्वास्थ्य र स्वच्छताबारे जागरुकता बढाउने काम पनि गरेको छ। सहभागी सेवाग्राहीहरूले घर नजिकै बहुआयामिक स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालनको माग गरे।
    साथै, लायन्स क्लब अफ काठमाडौंले आफ्नो “उपकार अभियान” पनि अभियानको क्रममा सञ्चालन गरेको छ। क्लबका अध्यक्ष सुशिला थापा, उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सचिव दिनेश मुस्कान, क्लब निर्देशक भावना राई र सल्लाहकार वसन्त नालामीले अभियानको व्यवस्थापन र सफलतामा सक्रिय भूमिका निर्वाह गरेका थिए। क्लबका सदस्यहरूमा सिमा रोक्का, दिपा रिजाल, हरि ब. बिष्ट, र सुशिला लामीछाने समावेश थिए।

    कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर कृष्ण प्रसाद शर्माले क्लबको सामाजिक योगदानको प्रशंसा गर्दै स्वास्थ्य, शिक्षा र समाज सेवामा सक्रियताले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो। विशेष अतिथि मिलन कृष्ण रञ्जितकारले अभियानको उद्देश्य र सामाजिक सेवाका महत्वबारे मन्तव्य व्यक्त गर्नुभयो। अन्य अतिथिहरूमा सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा, यमुना के.सि., भीमा के.सि. बञ्जरा, प्र. नि. भुवन बराम, बिनोद कार्की, र तान्त्रिक मोहिनी गुरुको उपस्थिती रहेको थियो। अतिथिहरूले अभियानको सफल सञ्चालन र समाजमा योगदान पुर्‍याउन क्लबका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

    आयोजकहरूले आगामी दिनमा पनि यस्ता बहुआयामिक स्वास्थ्य र सामाजिक सेवा अभियान सञ्चालन गर्दै समुदायस्तरमा स्वास्थ्य सचेतना र सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। यस प्रकारको पहलले नेपालमा प्रहरी, थुनुवा, स्वास्थ्य संस्था, सामाजिक संस्था र समुदायबीचको सहकार्य मजबुत बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

    इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑