• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए

  • लाईभ नेपाल
  • २०८२ पौष ६, आईतबार (६ महिना अघि)
  • ६०७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, ६ पुष । सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ ।

    स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो । योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो ।

     

    अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । अध्यक्ष बोहराका अनुसार नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उनले बताए ।

    अध्यक्ष बोहराले भने, ‘अपी हिमाल गाउँपालिका नेपालकै सुदूरपश्चिममा रहेको दुर्गम गाउँपालिका हो । यो गाउँपालिकामा पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन । त्यसैले हामीले गाउँपालिकामा निर्वाचित भइसकेपछि अपी हिमाललाई सुन्दर, समृद्ध र विकसित अपी हिमाल बनाउन केही योजनावद्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले काम अगाडि बढायौँ र त्यो आवधिक योजनामामा समावेश ग¥यौं । अपी हिमालको बेसक्याम्पसम्म पुग्न पर्यटकीय पूर्वाधारहरुमा लगानी ग¥यौं । टुरिजम बोर्ड, प्रदेश सरकार र स्थानीय सरकार मिलेर बेसक्याम्पसम्मको ट्रेकिङ ट्रेलहरु बनाएका छौँ । ती ट्रेलमा टि–हाउस, गेस्ट हाउस र होमस्टे बनाएका छौँ । ट्रेकिङ गाइड तालिम पनि दिएका छौँ । पछिल्लो समय अपी हिमाल गाउँपालिकाको नाम सुनिने भएको छ । अहिले देश विदेशका सबै पर्यटकहरु,जो ट्रयाकिङमा रुचि राख्नुहुन्छ र उहाँहरुको रुचीको विषय अपि बनेको छ ।’

     

    गत आर्थिक वर्षमा मात्रै करिव ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् । पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।

    विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ । यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पु¥याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ । पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ ।

    अध्यक्ष बोहराले भने, ‘यो एक वर्षभित्र अपी हिमाल गाउँपालिका र अपि बेस क्याम्प लगायतको गन्तव्यहरु घुम्नको लागि आन्तरिक तथा वाह्य पर्यटकहरु झन्डै ५ हजारको हाराहारीमा पुगेका छन् । यो दुर्गमको गन्तव्यको लागि खुशीको कुरा पनि हो किनकि ५ हजार पुग्नु भनेको हाम्रो लागि धेरै ठूलो कुरा हो । मलाई लाग्छ पर्यटकको संख्या बिस्तारै बढ्नेछ र त्यहाँको आर्थिक गतिविधिहरु पनि बढ्नेछ । अपी हिमाल गाउँपालिकाको जहाँ भूगोल धेरै ठूलो भए पनि जनसंख्या थोरै छ । हामीसँग ६१३.९५ वर्ग किलोमिटर भूगोल छ । जनसंख्या जम्मा ७ हजार पनि पुगेको छैन । पचास प्रतिशत मान्छेहरु बजारतिरै बस्नुहुन्छ । त्यही २५ सय मान्छे मात्रै त्यहाँ स्थायी रुपमा बस्छन् होला । तिनीहरुले जति धेरै आर्थिक गतिविधिहरु बढाए पनि आर्थिक विकास त हुँदैन । त्यसैले हामीसँग प्रकृतिले दिएका सुन्दर उपहारहरु छन् । अपी हिमाल लगायतका झन्डै १६ वटा त ६ हजार मिटर भन्दा माथिका हिमालहरु छन् । धार्मिक पर्यटक गन्तव्यहरु छन् । प्राकृतिक रिसोर्सहरु छन् । यिनीहरुलाई मात्रै हामीले देखाउन सक्यौँ भने पनि धेरै भन्दा धेरै पर्यटकहरु भित्रिन सक्छन् र ति पर्यटकहरुले थोरै खर्च गर्दा पनि आर्थिक गतिविधिहरु बढ्नसक्छ भन्ने अपेक्षा हाम्रो छ । अहिले ५ हजार पर्यटक हाम्रो गाउँपालिकामा भित्रदा झन्डै ५ करोडको कारोबार चाहिँ हुदो रहेछ ।’

     

    पर्यटन विस्तारसँगै होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी, सवारी चालक र स्थानीय किसान प्रत्यक्ष लाभान्वित भएका छन् । रैथाने उत्पादन र परिकारको माग बढेसँगै स्थानीय कृषि उत्पादन समेत बजारमा पुग्न थालेको छ । पर्यटन अहिले स्थानीयका लागि जीविकोपार्जनको प्रमुख आधार बन्दै गएको अध्यक्ष बोहराले बताए ।

    अध्यक्ष बोहराले भने, ‘हाम्रो उद्देश्य भनेको पर्यटन व्यवसायको दिगोपना र व्यवस्थापनमा नै छ अहिले । पछिल्लो समय टुरिजम बोर्ड अन्तर्गत युएनडिपिको एसटिए प्रोजेक्ट अन्तर्गत खास गरी टे«ेकिङ दिगोपना रव्यवस्थापनलाई बढी फोकस गरेका छौँ । हाम्रो उदेश्य भनेको अब त्यो ट्रेकिङलाई कसरी विकसित गर्न सकिन्छ ? कसरी गुणस्तरीय बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मै जोड छ । हामीले टि हाउस सञ्चालक, होम स्टे संचालक, होटल व्यवसायी, ट्रेकिङ गाईड तथा पोटर गाईडलाई तालिम दिइरहेका छौ । रैथाने उत्पादनका परिकारहरु पर्यटकले पनि खाइराख्नुभएको छ । हाम्रा सबै गतिविधिहरुको उदेश्य नै स्थानीयको जीविकोपार्जनलाई सपोर्ट गर्ने हो । त्यो अहिले भईरहेको छ । पर्यटक बढेपछि मान्छेहरुको जिविकोपार्जनको आधार पनि पर्यटन बनेको छ । त्यसैले हामी अब पर्यटकहरु भित्र्याउनुपर्छ भन्ने उद्देश्यले पर्यटकमैत्री भौतिक संरचना निर्माणमा पनि लागेका छौँ ।’

    प्राकृतिक मनोरम दृश्यले भरिएकाले गाउँपालिकाले पर्यटन आकर्षित गर्न ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, होमस्टे तथा टी–हाउस सञ्चालकलाई तालिम, साइनेज र नक्शा निर्माण लगायत कार्यलाई प्राथमिकतामा राखेको छ । अपी–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारी पनि गाउँपालिकाले गरेको छ ।

    काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ । बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ । सामान्यतया काठमाडौंबाट ८ दिनको यात्रा तय गर्दा अपी बेसक्याम्प घुमेर फर्किन सकिन्छ । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑