• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक

  • लाईभ नेपाल
  • २०८२ पौष २५, शुक्रबार (६ महिना अघि)
  • ६९७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । आज टिकटकको ‘सर्च’ फिचर कन्टेन्टहरू खोज्ने एक प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यसमार्फत नयाँ आइडियाहरू खोज्न, व्यवहारिक सीपहरू सिक्न, प्रेरणाहरू लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसँग जोडिन लाखौँ प्रयोगकर्ताहरू टिकटक प्रयोग गरिरहेका छन्। आजभोलि प्रयोगकर्ताहरू टिकटकलाई कुनै विषय छिटो र दृश्यात्मक रूपमा बुझ्न भिडियो–फर्स्ट सर्च इञ्जिनका रूपमा प्रयोग गर्न थालेका छन्।

    परीक्षाको तयारीदेखि यात्रा योजना बनाउने, ताजा समाचार बुझ्ने वा नयाँ सीप सिक्ने जस्ता विषयमा छोटा भिडियोमार्फत वास्तविक समयमै जानकारी खोज्न टिकटक प्रयोग भइरहेको छ। यसले प्रयोगकर्ताको क्रियटरहरूले बनाउने वास्तविक अनुभवमा आधारित र बुझ्न सजिलो कन्टेन्टहरूप्रति बढ्दो रुचिलाई झल्काउँछ। नेपालमा टिकटक अब केवल मनोरञ्जनको प्लेटफर्म मात्र रहेन। ‘सर्च’ फिचरमार्फत टिकटक जिज्ञासा र व्यवहारिक उपयोगमा आधारित एक गतिशील, दृश्यात्मक खोज अनुभव बनेको छ। पछिल्लो एक वर्षमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली, ब्रेकिंग न्युजको व्याख्या तथा दैनिक जीवनमा आइपर्ने विषयहरूमा “हाउ टु” जस्ता सर्चहरू उल्लेखनीय रूपमा बढेको छ।

    यसले मानिसहरू टिकटकलाई सिक्न, बुझ्न र आपसमा सम्बन्ध बढाउन प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ। नेपालको टिकटक कम्युनिटीले वास्तविक जीवनसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने कार्य अभूतपूर्व गतिमा बढाइरहेको छ। पछिल्लो वर्ष #LearnOnTikTok, #TravelTok, #BookTok, #FoodTok लगायतका लोकप्रिय ह्यासट्यागसँग सम्बन्धित सर्चहरू उल्लेखनीय रूपमा बढेका छन्।

    नेपाली प्रयोगकर्ताहरू आफ्ना रुचि र जिज्ञासासँग मेल खाने सामग्री खोज्न टिकटकतर्फ झन् आकर्षित हुँदै गएका छन्। “नेपालमा हाम्रो कम्युनिटीले कुनै पनि विषयले के-कसरी काम गर्छ भनेर बुझ्न, छिटो जानकारी पाउन वा वास्तविक मानिसहरूबाट प्रेरणा लिन टिकटक ‘सर्च’लाई स्वाभाविक सुरुवाती बिन्दुका रूपमा प्रयोग गरिरहेको छ,” टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदले भने। “टिकटकलाई विशेष बनाउने कुरा यसको समुदायको प्रामाणिकता पनि हो। यहाँको सामग्री मानवीय, व्यवहारिक र वास्तविक अनुभवमा आधारित हुन्छ, जसले ‘सर्च’लाई जानकारी मात्र होइन, विश्वासिलो दृष्टिकोणसँग जोडिने स्थान पनि बनाएको छ।”

    सुरक्षासहितको खोज अनुभव: टिकटकका सर्च इन्टरभेन्सनहरू टिकटक ‘सर्च’को प्रयोग बढ्दै जाँदा, टिकटकले प्रयोगकर्ताहरूले सुरक्षित र जिम्मेवार तरिकाले कन्टेन्ट खोज्न सकून् भन्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। सर्च इन्टरभेन्सनहरू (Search Interventions) भनेका संवेदनशील वा जोखिमयुक्त विषय खोज्दा देखिने सक्रिय इन–एप अनुभवहरू हुन्, जसले प्रयोगकर्तालाई विश्वसनीय, सहयोगी र आधिकारिक स्रोततर्फ मार्गदर्शन गर्छ। खोजको प्रकृति अनुसार, यी विषयहरूमा इन्टरभेन्सन हुन सक्छन्:

    • मानसिक स्वास्थ्य सहायता, स्थानीय हेल्पलाइन र वेल-बीइंग सम्बन्धी स्रोतहरू

    • प्राकृतिक प्रकोप वा आपतकालीन अवस्थाका बेला आवश्यक मार्गदर्शन

    • गलत जानकारीबारे सचेत गराउँदै विश्वसनीय स्रोतबाट पुष्टि गर्न प्रेरित गर्ने

    • दुर्व्यवहार, हिंसा वा सार्वजनिक सुरक्षाजस्ता संवेदनशील विषयमा सचेतना सामग्री

    नेपालमा टिकटकले प्रयोगकर्ता सुरक्षा, डिजिटल वेल-बीइंग र संवेदनशील समयमा विश्वसनीय जानकारीको पहुँच बढाउन प्लेटफर्ममा विभिन्न सर्च इन्टरभेन्सनहरू लागू गरेको छ। यस अन्तर्गत यौन दुर्व्यवहार सम्बन्धी खोज गर्दा देखिने ‘सर्च गाइड’ पनि समावेश छ, जसले प्रयोगकर्तालाई इन–एप ब्यानरमार्फत स्थानीय हेल्पलाइन तथा टिकटक ‘सेफ्टी सेन्टर’ भित्रको Sexual Abuse Support पेजतर्फ निर्देशित गर्छ। यसका साथै, बाढी तथा प्राकृतिक प्रकोपसँग सम्बन्धित विषयमा पनि टिकटकले इन्टरभेन्सनहरू लागू गरेको छ, जसले प्रयोगकर्तालाई सान्दर्भिक र जिम्मेवार जानकारी प्राप्त गर्न सहयोग गर्छ।

    त्यसै कारणले, मनसुनको समयमा प्रयोगकर्ताले समयमै आधिकारिक सूचनाहरू पाउन् भनेर विपद्–सम्बन्धी सर्च इन्टरभेन्सनहरू सक्रिय गरिएको छ। “टिकटकको ‘सर्च’ फिचर safety-by-design अवधारणामा आधारित छ,” टिकटक दक्षिण एशियाकी क्षेत्रीय ट्रस्ट एण्ड सेफ्टी लिड आस्मा अन्जुमले भनिन्। “‘सर्च इन्टरभेन्सनहरूले सहायता माग्दा वा संवेदनशील विषय खोज्दा प्रयोगकर्तालाई वेल-बीइंग, तथ्यपरक र सामाजिक जिम्मेवारीमा आधारित मार्गदर्शन प्रदान गर्छ।” दक्षिण एशियामा ‘सर्च’को भविष्य टिकटकको प्रयोग खोज गन्तव्यका रूपमा बढ्नु भनेको व्यापक क्षेत्रीय परिवर्तनको संकेत हो, जहाँ मानिसहरू सरल, दृश्यात्मक र प्रामाणिक जानकारी प्राप्त गर्न चाहन्छन्।

    नयाँ रुचि खोज्ने, परीक्षाको तयारी गर्ने, यात्राको लागि जानकारी लिने, क्रिकेटसम्बन्धी छलफलमा सहभागी बन्ने वा दैनिक जीवनका व्यवहारिक सीपहरू सिक्ने जस्ता गतिविधिमा टिकटक प्रयोगकर्ताहरू आफूजस्तै सोच र भाषा बोल्ने क्रियटरहरूसँग नजिक महसुस गर्छन्। दक्षिण एशियाभर टिकटकले प्रडक्ट इनोभेसन, सुरक्षा संरचना र स्थानीय साझेदारीमा लगानी बढाउँदै जाँदा, ‘सर्च’ फिचर कन्टेन्ट खोज्ने, ज्ञान विस्तार गर्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रमुख माध्यमकै रूपमा रहनेछ।

    टिकटकको बारेमा

    टिकटक छोटा मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी बाँड्नु हो। टिकटकका विश्वभर कार्यालयहरू छन्, जसमा लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो पर्छन्।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑