• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    गोरखाको फिनाममा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णको पहलमा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर, ३६० भन्दा बढी नागरिक लाभान्वित

  • लाईभ नेपाल
  • २०८२ पौष २५, शुक्रबार (६ महिना अघि)
  • ६५४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गोरखा । ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णको पहलमा फिनाम, गोरखामा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ। सहायक संस्था फर्नट लायन अस्पताल तथा ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा पुष १२ गते सञ्चालन गरिएको एकदिने शिविरले ३६० भन्दा बढी स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ ।

    शिविरको संयोजन फिनाम कुवापानी काठमाडौं सेवा समाजले गरेको थियो भने एशियन सेक्युरिटिज प्रा. लि. ले आर्थिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरेको थियो। दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिकले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि तथा दन्त उपचार सेवा पाएका थिए। शिविरमा हाडजोर्नी, महिला तथा प्रसूति, नाक–कान–घाँटी, सामान्य चिकित्सा, आँखा परीक्षण, दन्त उपचार, नर्सिङ सेवा तथा औषधि वितरण गरिएको थियो। कुल सेवाग्राहीमध्ये १३८ जनाले दन्त परीक्षण गराएका थिए भने ३१ जनाले दाँत सफाइ तथा दाँत निकाल्ने सेवा लिएका थिए ।

    यसले ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्यप्रति बढ्दो आवश्यकतालाई पनि उजागर गरेको छ। विशेषज्ञ चिकित्सकहरूको सक्रिय सहभागिताले शिविरलाई प्रभावकारी बनाएको थियो । हाडजोर्नी रोग विशेषज्ञ डा. प्रतीक शाह, स्त्रीरोग विशेषज्ञ डा. सुनिता राणा, एमडीजीपी डा. महेश सिलवाल, ईएनटी विशेषज्ञ डा. विवेक लामा तथा मेडिकल अफिसर डा. निरज कुमार साहले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो ।

    यस्तै, ॐ समाज डेण्टल अस्पतालका डा. हरि शंकर यादव, डा. सुदेश अधिकारी, डा. दीक्षा चौधरी, जुनु पण्डित र सिर्जना सुनुवारले दन्त स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो । ॐ समाज डेण्टल अस्पताल काठमाडौंमा स्थापित एक सामाजिक उत्तरदायित्व बोकेको दन्त अस्पताल हो, जसले “सडकदेखि सदनसम्म” भन्ने मूल नाराका साथ गरिब, विपन्न तथा सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै सुलभ तथा गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै आएको छ ।

    अस्पतालले देशका विभिन्न ग्रामीण तथा दुर्गम स्थानमा नियमित रूपमा निःशुल्क तथा सहुलियत दरका दन्त शिविर सञ्चालन गर्दै आएको छ। सामाजिक सेवा, मानवता र स्वास्थ्य सचेतनालाई केन्द्रमा राखेर काम गर्दै आएको यस अस्पतालले दन्त उपचारलाई सबैको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ ।

    शिविर व्यवस्थापन तथा स्वयंसेवक सेवामा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका अध्यक्ष लायन उदय प्रसाद भण्डारी, जोन चेयरपर्सन लायन साधुराम पौड्याल, पूर्व अध्यक्ष लायन इन्द्र बहादुर न्यौपाने, लायन राजकुमार खरेल, हंगर चिफ लायन बालानन्द खत्री, सदस्यता समिति चेयरपर्सन लायन जिन माया चापागाईं, लाइफ मेम्बर लायन मधु महर्जन, सचिव लायन कृष्ण जङ्ग थापा तथा लाइफ मेम्बर लायन कमला बोहराको सक्रिय सहभागिता रहेको थियो। योगा सेवामा लिला दाहाल, नारायण चापागाईं र हिमाल गिरीले योगदान दिनुभएको थियो ।

    शिविरमा सहभागी ९० वर्षीया पद्मकुमारी थापा, ८२ वर्षीय झलकबहादुर थापा र ८२ वर्षीय नारायणबहादुर खत्रीले यस्तो स्वास्थ्य शिविर वृद्ध नागरिकका लागि अत्यन्त उपयोगी भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो। स्थानीय महिला समूहले बाजागाजासहित आयोजक, चिकित्सक टोली तथा अतिथिहरूलाई भव्य स्वागत तथा सम्मान गरेको थियो ।

    कार्यक्रममा काठमाडौं–फिनाम सेवा समाजका अध्यक्ष मदन खड्काले गाउँमै आएर वृद्धबृद्धाको स्वास्थ्य परीक्षण गरिदिएकोमा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो। एशियन सेक्युरिटिज प्रा. लि. का अध्यक्ष राजकुमार खत्रीले “साँचो सेवा भनेको गाउँ–गाउँमा पुगेर गरिने सेवा हो” भन्दै ॐ समाज डेण्टल अस्पताल गरिब तथा दिनदुखीका लागि समर्पित संस्था भएको उल्लेख गर्नुभयो ।

    फिनाम–४ का वडा अध्यक्षले यस्ता स्वास्थ्य शिविरहरूले विकट क्षेत्रका नागरिकलाई ठूलो राहत मिल्ने बताउँदै आयोजक, संयोजक संस्था तथा चिकित्सक टोलीप्रति कृतज्ञता व्यक्त गर्नुभयो। शिविर सफल बनाउन फिनाम स्वास्थ्य चौकीले आवश्यक सामग्री तथा समन्वयमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

    लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका अध्यक्ष उदय भण्डारीले आगामी दिनमा पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त शिविरले स्वास्थ्य सेवा पहुँच विस्तामा टेवा पुराउने छ बेक्त गर्नु भयाे।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑