
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ टुँडालदेवी मन्दिर परिसरमा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी प्रहरी बृत्त मालीगाउँ र महाराजगन्जको संयुक्त आयोजनामा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल सरकारका पूर्व सचिव एवं महालेखापरिक्षक मधु सुदन ढकालको प्रमुख आतिथ्य तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मालीगाउँ प्रहरी बृत्तका डीएसपी धन बहादुर बोहरा, महाराजगन्ज प्रहरी बृत्तका डीएसपी निरन्जन थापा,काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनाली लगाएतले आ—आफनो भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी र समुदायबीचको सहकार्य, विश्वास र साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यलाई थप बल पुगेको अतिथि हरूले बताएका छन् । कार्यक्रममा सभाध्यक्षता न्यौपानेले भदौ २३–२४ गते जेनजी आन्दोलनमा प्रहरीसँगै मुलुकले अकल्पनीय क्षति भोग्न परेको बताउँदै प्रहरीको मनोबल उकास्न समुदायस्तरबाट पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

