काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गरिरहेका छन्।
देउवाले आफूनिकट नेताहरूसँग बैठक गरिरहँदा कोइराला महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सन्देशसहित महाराजगञ्ज पुगेका थिए ।
संस्थापन पक्षको बैठक बसिरहेकै बेला शेखर सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे र नेता मिलेन्द्र रिजाल लिएर त्यहाँ पुगेका थिए ।