• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ २९, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

      २ घण्टा अघि

      साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

      २ घण्टा अघि

      कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

      २ घण्टा अघि

      वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

      २ घण्टा अघि

      जेबी अन्तरविद्यालय बास्केटबलका उपाधि विजेता लालीगुराँस र सत्यसाइ

      ४ घण्टा अघि

      सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

      ४ घण्टा अघि

      यी ११० काम्पनीको सेयर कारोबार गर्न पाउने स्टक डिलले

      ४ घण्टा अघि

      हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीमा हुने साहसिक गतिविधि विस्तारमा जोड

      ४ घण्टा अघि

      Surya Nepal Kathmandu Open Rabi takes lead after second round

      ४ घण्टा अघि

      सरकारले किन उठाउन सकिरहेको छैन लक्ष्यअनुसार राजश्व ?

      ४ घण्टा अघि

      ४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

      ४ घण्टा अघि

      राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

      ५ घण्टा अघि

      इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

      ५ घण्टा अघि

      हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

      ५ घण्टा अघि

      21 days to go for HoR polls: EC prepares resource materials for civic education promotion

      ६ घण्टा अघि
    आज: २०८२ माघ २९, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान

  • लाईभ नेपाल
  • २०८२ माघ २, शुक्रबार (३ हफ्ता अघि)
  • १३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म २ हजार ६९ जना व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ सृङ्खला सकिएको छ । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।

    तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा २०८१ को दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो ।

    दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसमा १६२ जना सहभागी हुनुभएको थियो । चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि तालिम आयोजना गरिएको थियो । तालिममा ३६६ जना व्यवसायी सहभागी हुनुभएको थियो ।

    पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई सहभागी गराइएको थियो । यसमा ५०५ जना सहभागी हुनुभयो । छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौमा दूध तथा दूग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरियो ।

    आठौँ संस्करणमा मः मः पसल सञ्चालक तथा व्यावसायीलाई तालिम प्रदान गरिएको थियो । यसमा २५० जना व्यावसायी सहभागी हुनुभएको थियो । शुक्रबार दरबार हाइस्कूलमा आयोजना भएको आठौँ संस्करणको क्षमता विकास कार्यक्रमको अवलोकनका क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहरको खाद्य सेवालाई महसुस योग्य बनाउन एक साथ काम गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

    ‘हामी नियमित बजार अनुगमनमा छौँ । तर, हामी अनुगमन मात्र गरिरहेका छैनौँ । व्यवसायीलाई कानुनी व्यवस्थाका बारेमा साक्षर गराइरहेका छौँ । व्यापारिक क्षमता विकास गराउँछौँ । यसबाट सुपथ मूल्यमा उपभोक्ताले स्वच्छ, गुणस्तरीय खाद्य बस्तु प्राप्त गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ त्यस क्रममा व्यवसायीहरुले भेटेका मौकामा हाम्रा कुरा सुन्नुपर्छ भन्दै साना व्यापारिक क्रियाकलाप सहज बनाउन लागि नीति खुकुलो बनाइदिन, खानेपानीको नियमित वितरण प्रणाली मिलाइ दिन आग्रह गर्नुभयो ।

    महानगरपालिकाका खाद्य स्वच्छता सल्लाहकार जीवनप्रभा लामाका अनुसार तालिममा खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ जस्ता विषयमा सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोग सम्बन्धी सिप प्रदान गरिन्छ ।

    सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश गर्ने गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रममा समावेश छ ।

    सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण गर्ने गरिएको छ । खाद्य सेवाको गुणस्तर प्रमाणीकरण गर्न सेवाको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने महानगरपालिकाको योजना छ । यसले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको प्रत्याभूत गराउँछ ।

    व्यवसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी दिएर जवाफदेही बनाउँछ । उपभोक्ताहरूलाई खाना कहाँ किन्ने? खरिद गरिएको खाना कुन स्तरको छ? भन्ने निर्णय गर्ने आधार उपलब्ध गराउँछ । यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यस्तै दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यावसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । उपभोक्ताहरुलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाई, खाद्य सुरक्षाजस्ता खाद्य सेवा र व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पुर्सार्न याउँछ ।

    खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ । व्यावसायिक खाद्य सेवामा यो प्रणाली कार्यान्वयनमा आएसँगै व्यक्तिको खाद्य आचरणमा पनि सुधार आउने महानगरपालिकाको अपेक्षा छ । यसले व्यक्तिव्यक्ति हुँदै परिवार परिवारमा खाद्य सजगता वृद्धि हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

    वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

    जेबी अन्तरविद्यालय बास्केटबलका उपाधि विजेता लालीगुराँस र सत्यसाइ

    सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

    समाचार

    ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

    वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑