• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १४ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १४ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १५ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  • लाईभ नेपाल
  • २०८२ माघ १२, सोमबार (४ महिना अघि)
  • ४७७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।

    अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रश्ताव आयाल निगमले प्रश्ताव गरेको छ ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अमलेखगञ्ज–चितवन पाइपलाइन परियोजना अघि बढेको जानकारी दिए । यो परियोजना अमलेखगञ्ज–चितवनको लम्बाइ करिव ६२ किलोमिटर हुनेछ भने भने क्षमता २ मिलियन मेट्रिक टन हुने उनले जानकारी दिए । यसको लागत तथा निर्माण भारतीय आयल कर्पोरेसनले भारत सरकारको अनुदानमा पाइपलाइन निर्माण गर्दैछ ।

    दुई पाइपलाइनको कुल अनुमानित लागत करिव १५ अर्ब नेपाली रुपैयाँ हुनेछ । भट्टका अनुसार चितवनको भण्डारण गृह भने नेपाल आयल निगमको आफ्नै बजेटबाट निर्माण हुँदैछ । जसमा करिब ८ अर्ब खर्च हुनेछ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइनसँग जोडिएर पेट्रोल, डिजेल जस्ता इन्धन चितवनसम्म पाइपबाटै पुर्याइनेछ ।

    यस्तै सिलगुढी–झापा पाइपलाइन परियोजना करिव ५० किलोमिटरको हुनेछ । यसको लागत करिब ९ अर्ब नेपाली रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । भट्टका अनुसार निर्माण आइओसीले अनुदानमा पाइपलाइन र झापामा भण्डारण टर्मिनल निर्माण गर्नेछ ।

    यो पनि २०२४ अक्टोबरमा नेपाल–भारतबीच फ्रेमवर्क सम्झौतापछि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । कुल दुई परियोजनाको लागत करिब १५–१६ अर्ब भारतीय पक्षबाट खर्च हुनेछ । यसले कोशी प्रदेशको इन्धन माग पूरा गर्नेछ र ढुवानी खर्च घटाउने छ ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक भट्टले भने– ‘अमलेशगञ्जदेखि चितवनसम्मको करिव १५ अर्ब पाइपलाइन र भण्डारण गृह निर्माण बन्दैछ । सो पाइपलाइन ६२ किलोमिटरको बन्नेछ । भण्डारण गृह ९१.८ मिलियन मेक्ट्रिटन क्षमताको हुनेछ । सिलगुढी झापासम्म पाइपलाइन प्रजोक्टको लागत ९ अर्बको छ । सिलगुढी झापासम्म पाइपलाइन र झापामा बन्ने भण्डारण गृह, अमलेशगंजदेखि चितवनसम्मको पाइपलाइन इण्डियन आयल कर्पोरेशनले बनाइदिर्दैछ । चितवनमा बन्ने भण्डारण गृह नेपाल आयल निगमको बजेटबाट बनाउन लागिएको हो । करिब ८ अर्ब जति खर्च लाग्नेछ । भारत सरकार अर्थात इण्डियन आयल कर्पोरेशनको १५–१६ अर्ब खर्च हुनेछ । यो पाइपलाइन परियोजना विस्तार भएपछि अमलेशगञ्जबाट चितवनसम्म पाइपलाइन विस्तार हुनेछ ।’

    पाइपलाइनबाट भारतबाट ग्यास ल्याउने तयारी

    मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइपलाइन प्रश्ताव हाल ट्रक/बुलेटबाट भारतबाट आयात हुने एलपीजी ग्यासको ढुवानीमा वार्षिक करिब ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ, जुन मुख्य रूपमा भारतीय ढुवानीकर्तालाई जाने गरेको छ । यो रकम वचत गर्न र आपूर्ति सहज बनाउन नेपाल आयाल निगमले पाइपलाइनबाटै ग्यास नेपाल ल्याउने तयारी गरेको कार्यकारी निर्देशक भट्टले बताए ।

    उहाँका अनुसार भारतको मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन निर्माण गर्ने योजना बनिसकेको छ । त्यहाँ २० दिन बढीको भण्डारण गृह राख्ने बनाइनेछ । नेपाली बुलेटबाट उद्योग तथा बोटलिङ प्लान्टमा वितरण गर्ने योजना छ ।

    उक्त परियोजनाको लागत प्रारम्भिक अनुमान अनुसार करिव १२ अर्ब रुपैयाँको रहेको छ । यो बनिसकेपछि ढुवानी भाडा धेरै कम हुने, नेपालमै रकम वचत हुने ग्यास सस्तो पर्ने, सिजनमा ग्यासको अभाव हट्ने र वितरण सहज हुने भट्टले जानकारी दिए ।

    उनका अनुसार यो परियोजना अझै प्रस्ताव चरणमा छ । नेपाल आयल निगमले भारत सरकारसँग अनुदानमा निर्माण गर्न प्रस्ताव गरिरहेको छ । तर हालसम्म ठोस प्रतिक्रिया आएको छैन । वित्तीय ढाँचा पूर्ण तयार नभएकाले विस्तृत अध्ययन पछि मात्र यकिन लागत र कार्यान्वयन थाहा हुनेछ ।

    कार्यकारी निर्देशक भट्टले भने–‘अहिले एलपीजी ग्यासलाई भारतको ढुवानीकर्ताहरुमार्फत उनीहरुको ५/६ सय बुलेट प्रयोग गरेर नेपालमा ग्यास सप्लाइ भइरहेको छ । वार्षिक रुपमा ६ अर्ब नेपालले ढुवानी भाडामा खर्च गर्ने गरेको छ । यो रकम सबै भारतीय ढुवानीकर्ताहरुलाई जाने गरेको छ । नेपालीहरुको बुलेट नभएको कारणले सबै भारतीय ढुवानीकर्ता, सवारी प्रयोग गरेका छौँ । यो रकम बचाउनका लागि पाइपलाइनमार्फत ग्यास ल्याउन मोतिहारी देखि सर्लाहीसम्म पाइपलाइन ल्याएर त्यहाँ १५–२० दिनलाई पुग्ने ठूलो भण्डारण गृह राख्ने र यहीबाट नेपाली बुलेटमार्फत उद्योगहरुमा वितरण गर्ने योजना छ । जसले गर्दा ढुवानी भाडा धेरै कम हुन जानेछ । भण्डारण गृहदेखि बोटलिङ प्लान्टसम्म जाने दुवानी भाडा नेपालमै बच्नेछ । नेपाललाई एउटा वितरणका लागि सहज पनि हुनेछ । यसले प्रोडक्ट सस्तो पर्न जानेछ । सिजनमा हुने सटेजहरु पनि नहुने भयो । किनभने २०–२५ दिनसम्म स्टोरेज हुँदा समस्या पनि हुनेछैन । ढुवानी भाडामै अर्बौं जुन खर्च भइरहेको थियो । त्यो कटौती भएर नेपालमै रहनेछ । प्रारम्भिक अनुमान अनुसार करिब १२ अर्ब जति मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन विस्तार गर्दा खर्च हुने आइओसीले अनुमान गरेको छ । यसको विस्तृत अध्ययनपछि मात्रै थाहा हुनेछ । अरु पाइपालनका सन्दर्भमा यकिन गरेर अघि बढेपनि यो परियोजनाको अझै वित्तीय ढाँचा तयार भएको छैन ।’

    उनका अनुसार यो परियोजनालाई अनुदानमा बनाइदिन भारत सरकारसँग आयल निगमले गरेको प्रश्तावमा भारतबाट प्रतिक्रिया आएपछि काम अघि बढ्नेछ । भारत तयार नभए नेपालले आफैँ यो परियोजनालाई अघि बढाउन सक्षम रहेको समेत भट्टले जानकारी दिए । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑