
करिब २६ लाख लिटर इन्धन ट्यांकीमा भरेर धेरै घण्टासम्म राखिएको नासाले जनाएको छ।
यस अभ्यासमा चालक दल सहभागी नभए पनि तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्षयात्रीले ह्युस्टनबाट सम्पूर्ण प्रक्रिया निगरानी गरेका थिए। उनीहरू हाल क्वारेन्टिनमा रहेका छन्।करिब २६ लाख लिटर इन्धन ट्यांकीमा भरेर धेरै घण्टासम्म राखिएको नासाले जनाएको छ।
यस अभ्यासमा चालक दल सहभागी नभए पनि तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्षयात्रीले ह्युस्टनबाट सम्पूर्ण प्रक्रिया निगरानी गरेका थिए। उनीहरू हाल क्वारेन्टिनमा रहेका छन्।यदि परीक्षण सफल भएमा अन्तरिक्षयात्री टोलीलाई यही साता चन्द्रमातर्फ पठाउन सकिने नासाको भनाइ छ।
करिब १० दिन लामो यस मिसनमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको वरिपरि उडेर पृथ्वी फर्कनेछन्। उनीहरू चन्द्रमामा अवतरण भने गर्ने छैनन्।
आर्टेमिस कार्यक्रममार्फत नासाले भविष्यमा दीर्घकालीन चन्द्र मिसनको आधार तयार गर्ने लक्ष्य लिएको छ।