
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।


