
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो । आजको मूल्य ३ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ४ हजार ९८५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।