• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      ९ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      ९ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      १0 घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      १0 घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      १0 घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      १0 घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      १0 घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      १0 घण्टा अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      १ दिन अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      १ दिन अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    ‘कोडेभर ७.०’ सम्पन्न, एआई र रोबोटिक्समा विद्यार्थीको उत्कृष्ट प्रस्तुति

  • लाईभ नेपाल
  • २०८२ फागुन ७, बिहिबार (३ महिना अघि)
  • ४१५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो।

    देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूले प्रविधि–आधारित नवीन समाधानहरू प्रस्तुत गरेका थिए। ‘स्वस्थ भविष्यका लागि प्रविधि’ भन्ने मूल थिममा आयोजित प्रतियोगितामा करिब १०० परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए।

    प्रतियोगिता तीन फरक–फरक ट्र्याकमा सञ्चालन गरिएको थियो। पहिलो ट्र्याक ‘इनोभेसन एन्ड आन्टरप्रेनरसीप’ अन्तर्गत विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) केन्द्रमा राखी एआई र कोडिङमार्फत वास्तविक समस्या समाधान गर्ने परियोजना प्रस्तुत गरेका थिए। दोस्रो ट्र्याक ‘वेलनेस वेभ एआई–रोबो च्यालेन्ज’ मा क्वार्की किट प्रयोग गरी निर्माण गरिएका रोबोटहरूले स्वास्थ्य संकटको परिदृश्यमा खोप वितरण तथा बिरामी उद्धारजस्ता कार्य सम्पन्न गरेका थिए।

    तेस्रो ट्र्याक ‘रोबो सकर लिग’ अन्तर्गत विद्यार्थीहरूले आफैं निर्माण गरेका म्यानुअल रोबोटबीच फुटबल प्रतिस्पर्धा गराइएको थियो, जसले मेकानिकल मजबुती र वायरलेस नियन्त्रण क्षमताको परीक्षण गरेको थियो।

    स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित परियोजना

    प्रदर्शनीमा स्मार्ट ह्वीलचेयर, एआईमा आधारित शहरी वर्षा पहिचान प्रणाली, आगलागी तथा ग्यास पहिचान र चेतावनी प्रणाली, बाढी पहिचान तथा चेतावनी प्रणाली, भूमिगत पानीको सतह अनुगमन प्रणाली, वायु गुणस्तर अनुगमन तथा फिल्ट्रेसन प्रणालीमा आधारित आपतकालीन प्रतिक्रिया प्रणाली, स्मार्ट ग्रीनहाउस, कार्बन ट्र्यापिङ, कार्बन क्यास्केड तथा सेनेटरी प्याड डिस्पेन्सरजस्ता परियोजनाहरू प्रस्तुत गरिएका थिए।

    कार्यक्रममा स्किल्सअपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल प्रधानले विद्यालय तहदेखि नै बालबालिकालाई एआई र रोबोटिक्ससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘अबको युग प्रविधिको युग हो। एआई र रोबोटिक्सको ज्ञान विद्यालय तहदेखि नै आवश्यक भइसकेको छ। त्यसैले कोडेभर बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग जोड्ने हाम्रो एउटा सानो प्रयास हो।’

    कार्यक्रमका प्रमुख अतिथिको रूपमा काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुदन झा थिए, जो सन् २०२५ का लागि स्ट्यानफोर्ड युनिभर्सिटी र एल्सेभियरद्वारा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा सूचीकृत छन्। विशेष अतिथिका रूपमा डा. समीर खरेल (Human-Centric AI Enthusiast) उपस्थित रहेको थियो।

    प्रतियोगिताको मूल्यांकन डिजिटल एन्ड बियोन्डका सीईओ सगुन ढुंगाना, WEaRE का कार्यक्रम निर्देशक ग्यारी डे ला पोमेराइ, निर्मल माध्यमिक विद्यालय दमौलीका कम्प्युटर विज्ञान विभाग प्रमुख दीपक पन्थ, नेशनल इनोभेसन सेन्टरका प्रविण बोहरा लगायतको निर्णायक मण्डलले गरेको थियो।

    विभिन्न विधामा पुरस्कार

    प्रतियोगितामा स्वास्थ्य, वातावरण, कृषि, सुरक्षा र सामाजिक प्रभावका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई १२ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। बालबाटिका स्कुलले इनोभेसन इन हेल्थ अवार्ड, ज्ञानोदय बालबाटिकाले रोबो केयर इनोभेसन अवार्ड, काठमाडौं न्यू क्यासल स्कुलले गर्ल्स इन टेक अवार्ड तथा राजाबास माध्यमिक विद्यालयले ग्रीन टेक अवार्ड प्राप्त गरेका छन्। प्रत्येक विधाका विजेताले ६ हजार रुपैयाँ नगद, मेडल र ट्रफी प्राप्त गरेका थिए।

    वेलनेस वेभ एआई–रोबो च्यालेन्जमा पहिलो टीम अक्सिज, दोस्रो नवोदित स्कुल र तेस्रो टिम फ्लोरिन भएका छन्। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ।

    ट्र्याक ३ अन्तर्गत रोबो सकर लिग (सिनियर) मा पहिलो भीएसएन, दोस्रो बज्र स्कुल र तेस्रो एशिया प्याफिक स्कुल भएका छन्। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ।

    त्यसैगरी ट्र्याक ३ अन्तर्गत रोबो सकर लिग (जुनियर) मा पहिलो लालिगुराँस स्कुल, दोस्रो बालबाटिका स्कुल र तेस्रो रिलायन्स पब्लिक स्कुल रहेका छन्। उनीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ। विजेता टिमका प्रत्येक विद्यार्थीहरूलाई मेडल र ट्रफी प्रदान गरिएको छ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३५ परियोजना आगामी मे १६–१७, २०२६ मा इन्डोनेसियाको जकार्तामा आयोजना हुने ‘कोडेभर ७.०’ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्, जहाँ ५० भन्दा बढी देशका विद्यार्थी सहभागी हुनेछन्।

    प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, ललिगुराँस नेशनल एकेडेमी, काठमाडौं न्यू क्यासल स्कुल, बालबाटिका स्कुल, बुद्धनीलकण्ठ स्कुल, नवोदित कलेज, सेन्ट जोसेफ्स स्कुल विराटनगर, ज्ञानोदय बालबाटिका, पिक प्वाइन्ट एकेडेमी, काठमाडौं भ्याली स्कुल, पाथिभरा इङ्लिस स्कुल (मोरङ), नवा किरण इङ्लिस स्कुल (सुनसरी), आरम्भ विद्या मन्दिर, राजाबास माध्यमिक विद्यालय, वज्र एकेडेमी तथा भी.एस. निकेतन उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

    प्रतियोगिताका प्रायोजकहरूमा नेपाल क्यान मुभ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, बेन नेभिस, टिप टप, सनवे कलेज, बोन होलिडेज, सनवे कलेज, हिमालयन बैंक र एजुकेसन ट्री ग्लोबल, माइसेल, क्लासिक टेक, बियोन्ड टेक नेपाल रहेका थिए।

    यस्तै ब्रेनडिजिट, कोड क्लब, कन्टेन्टडर, चाइल्डसेफनेट, डिजिटल एन्ड बियोन्ड, आइसिटी फाउन्डेसन नेपाल, स्क्वाड अफ चेञ्जमेकर्स र ग्लोबल स्पार्कसँग सहकार्य गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    समाचार

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑