• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

      १५ मिनेट अघि

      Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

      १७ मिनेट अघि

      अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

      २0 मिनेट अघि

      बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

      २३ मिनेट अघि

      कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?

      २६ मिनेट अघि

      मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

      २९ मिनेट अघि

      सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद ग​रिदै

      ३४ मिनेट अघि

      चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

      ४१ मिनेट अघि

      छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

      २१ घण्टा अघि

      रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

      २१ घण्टा अघि

      “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

      २१ घण्टा अघि

      पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

      २१ घण्टा अघि

      मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

      २१ घण्टा अघि

      दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर

      २१ घण्टा अघि

      Dip in gold and silver prices

      २१ घण्टा अघि
    आज: २०८२ चैत्र २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

  • लाईभ नेपाल
  • २०८२ चैत्र १, आईतबार (२१ घण्टा अघि)
  • ५३०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २३९ मिनेट

  • काठमाडौं । 
    राजन थापा
    समाजका सबै वर्गका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ ॐ समाज डेण्टल अस्पतालले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। “सडकदेखि सदनसम्मका मानिसको उपचार” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ।
    यसै अभियानअन्तर्गत आज बनस्थली चोकमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले समेत उपचार सेवा लिएका छन्। शिविरमा सहभागी भएका ४० वर्षीय कुर्सिद आलमले आफूजस्ता अपाङ्गता भएका व्यक्तिका लागि यस्तो सेवा निकै उपयोगी भएको बताए। उनले भने, “हामीजस्ता अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सेवा लिन कहिलेकाहीँ धेरै कठिन हुन्छ। तर ॐ समाज डेण्टल अस्पतालले आयोजना गरेको शिविरमा सहज रूपमा सेवा पाउँदा निकै खुशी लागेको छ। अझ नेपालकै वरिष्ठ ओरल तथा म्याक्सिलोफेसियल सर्जन डाक्टर सुवास घिमिरेको हातबाट उपचार पाउनु हाम्रो लागि ठूलो अवसर हो। उहाँ जस्तो अनुभवी चिकित्सकले जाँच गर्दा धेरै विश्वास लाग्छ।”
    नेपालमै मात्र नभई विदेशमा समेत आफ्नो दक्षता र अनुभवका कारण परिचित बनेका डाक्टर सुवास घिमिरेले शिविरमा आएका बिरामीहरूको जाँच गर्दै आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरेका थिए। उहाँको उपस्थितिले शिविरमा आएका बिरामीहरूमा थप भरोसा र उत्साह देखिएको थियो। बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङका अनुसार अस्पतालले सामाजिक सेवाको भावनालाई प्राथमिकतामा राखेर नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। उहाँले भन्नुभयो, “हामीले आफ्नो मूल नारा ‘सडकदेखि सदनसम्मका मानिसको उपचार’लाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौँ। आजको शिविरमा ७८ वर्षीय एक बुवा उपचारका लागि आउनुभएको थियो। हाम्रो अस्पतालका वरिष्ठ डाक्टर स्वयं शिविरमा उपस्थित भएर बिरामीहरूलाई सेवा दिनु भएको देख्दा बिरामीहरू निकै सन्तुष्ट देखिनुहुन्थ्यो।
    बिरामीहरूको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।” अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा नियमित रूपमा शिविर सञ्चालन गर्दै आएको आयोजक समितिका सदस्य तथा सामाजिक अभियन्ता राजन थापाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक महिनाको पहिलो हप्ता शनिबार नैकापस्थित ॐ समाज डेण्टल अस्पतालबाट विभिन्न चोक–चोकमा शिविर सञ्चालन गरिन्छ। दोस्रो हप्ता चापागाउँ दोबाटोस्थित शाखाबाट निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन्छ भने तेस्रो हप्ता चाबहिल चोकमा शिविर सञ्चालन गरिन्छ। त्यस्तै महिनाको अन्तिम हप्ता बनस्थली चोकमा निःशुल्क उपचार शिविर आयोजना गरिने गरिएको छ। थापाले आजको शिविर विशेष रूपमा महत्वपूर्ण भएको उल्लेख गर्दै सामाजिक सेवामा सहकार्य गर्ने संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। विशेषगरी किर्तिपुर आँखा अस्पतालबाट आउने चिकित्सक टोलीले यस्ता सामाजिक अभियानहरूमा निरन्तर सहयोग गर्दै आएको बताउँदै शिविर प्रमुख विशाल थापासहित सम्पूर्ण चिकित्सक टोलीप्रति आभार व्यक्त गर्नुभयो।
    उहाँले भविष्यमा पनि स्वास्थ्य सेवा विस्तारका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आजको शिविरमा बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङसँगै डाक्टर दिक्षा चौधरी, डाक्टर अभिषेक यादव, डाक्टर गौरी श्रेष्ठ, हाइजेनिस्ट रश्मि ढकाल, सहायक रिता नेपाली , जुनु पण्डित र सोनम सारुलगायतको सक्रिय सहभागिता रहेको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको दाँत, मुख तथा अनुहारसम्बन्धी विभिन्न समस्याको जाँच गरी आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरेका थिए। शिविरको समापनमा बोल्दै वरिष्ठ सर्जन डाक्टर सुवास घिमिरेले स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “रोग लागेपछि अस्पताल जानुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो।
    नियमित स्वास्थ्य जाँच, सरसफाइ र सचेतनाले धेरै रोगबाट बच्न सकिन्छ।” समाजका सबै वर्गका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको ॐ समाज डेण्टल अस्पतालको यो अभियानले स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकलाई ठूलो राहत पुर्‍याएको स्थानीयवासीले बताएका छन्। नियमित रूपमा विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन हुँदै जाँदा समुदायमा स्वास्थ्य चेतना पनि बढ्दै गएको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

    Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

    कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?

    मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

    समाचार

    More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

    Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑