
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४ सय रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो ।
सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ रहेको थियो ।