
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जाइन्ट्समाथि ६ विकेटको सहज जित दर्ता गरेको हो।
लखनउको घरेलु मैदान एकाना स्टेडियममा भएको खेलमा दिल्लीले १७ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो।
१४२ रनको मध्यम लक्ष्य पछ्याएको दिल्लीको सुरुवात खराब रहे पनि इम्प्याक्ट प्लेयर रूपमा मैदान छिरेका समीर रिजवीले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले ४७ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ७० रन बनाए। उनलाई ट्रिस्टन स्टब्सले ३९ रन बनाएर बलियो साथ दिएका थिए।
एक समय २६ रनमै ४ विकेट गुमाएर संकटमा परेको दिल्लीका लागि रिजवी र स्टब्सबीचको ११९ रनको अविजित साझेदारी नै जितको मुख्य आधार बन्यो।