
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छिन् ।
उम्मेद्वारी दर्तापछि बिहीबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले यस्तो बताएकी हुन् । उनले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताइन् । उनले देशको लागि आफूले सकेको सबै गर्ने बताइन् । उनले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पुर्याएको पनि उल्लेख गरिन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको उनको भनाई छ । उनले मधेशको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गरेको हुनसक्ने बताइन् ।
उनले भनिन्, ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राईज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला । म अध्यक्षज्युलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथीसम्म पु¥याउनु भयो । मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागी । मलाई खुशी लागिरहेको छ, मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छ, सधै साथ दिन्छु ।’
ठाकुरले रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् । –न्युज एजेन्सी नेपाल


