
काठमाडौँ । नयाँ वर्षको सुखद अवसरलाई उत्सवका रूपमा मात्रै नमनाएर सामाजिक सेवाको भावनाका साथ रक्षा नेपालका छोरीहरूसँग खुसी साटासाट गर्नको लागी केही सहयोगी मनहरुले सहयोग गरेको छ। रक्षा नेपालमा आश्रित छोरीहरूका लागि नयाँ वर्षको अवसर पारेर स्वादिलो तथा पोषिलो भोजनको व्यवस्था को लागी केही मासु सहयोग गरिएको हो।
यस अभियानले समाजमा सहयोग, सद्भाव र मानवताको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहयोग
यस पवित्र कार्यलाई सफल बनाउन विभिन्न क्षेत्रका व्यवसायी तथा समाजसेवीहरूले आ(आफ्नो तर्फबाट योगदान पुर्याएका छन्स्
निशान्त कँडेल र जीवन थापा (थ्री स्टार फुड प्राइभेट लिमिटेड) : विश्वसनीय खाद्य सेवा प्रदान गर्दै आएको थ्री स्टार फुडका सञ्चालक निशान्त कँडेलले छोरीहरूका लागि ताजा मासुको व्यवस्था गरिदिनुभएको थियो। यस कार्यमा कम्पनीका म्यानेजर जीवन थापाले सक्रिय सहकार्य गर्नुभएको थियो।
धुर्व तिवारी (डेरी व्यवसायी): शाकाहारी बालिकाहरूको आवश्यकतालाई ध्यानमा राख्दै समाजसेवी दुर्वा तिवारीले पनिरको व्यवस्था गरिदिनुभएको थियो।
पुष्कर राज पाण्डे (समाजसेवी): लाइभ नेपाल नेटवर्क र डिजिटल आइसिटी मिडियाको सहकार्यमा समाजसेवी पाण्डेले भोजनका लागि आवश्यक ताजा सागसब्जी तथा तरकारीहरूको व्यवस्थापन गर्नुभएको थियो। उहाँले रक्षा नेपालका साथै अन्य संस्थामा आश्रित एकल तथा असहाय व्यक्तिहरूलाई पनि सहयोग पुर्याउँदै आउनुभएको छ।
सावित्री बस्नेत (सबू) (समाजसेवी):अभियानलाई सफल बनाउन समाजसेवी सावित्री बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ लामो समयदेखि सत्कार र सेवाभावका साथ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ।
समाजमा सबैलाई समान दृष्टिले हेर्नुपर्छ र आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन हामीले यो सानो प्रयास गरेका हौँ, सहभागी समाजसेवीहरूले सामूहिक रूपमा बताउनुभयो।
रक्षा नेपालको अभियान र प्रभाव
रक्षा नेपालले विशेष गरी जोखिममा परेका, हिंसा प्रभावित तथा असहाय बालिका र महिलाहरूको संरक्षण, पुनर्स्थापना तथा सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले उनीहरूलाई शिक्षा, स्वास्थ्य र मनोसामाजिक परामर्श प्रदान गरी उज्ज्वल भविष्यतर्फ डोर्याइरहेको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा गरिएको यो मिष्टान्न भोजन वितरणले बालिकाहरूमा उत्साह थपेको छ। यस्ता कार्यक्रमले समाजका अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न र असहायहरूको सारथि बन्न प्रेरणा दिने विश्वास लिइएको छ।