• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      १ मिनेट अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १५ मिनेट अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २२ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २३ घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ३ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ३ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ३ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ३ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ३ दिन अघि
    आज: २०८३ भाद्र १८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ बैशाख ६, आईतबार (४ महिना अघि)
  • ६९७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम” आयोजना गरिएको छ। उक्त कार्यक्रम ग्लोरी मिडिया तथा न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा शनिबार ककनीमा सम्पन्न भएको हो। कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्‍याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो।

    साथै, विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनालाई जोड दिँदै भन्नुभयो, “नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्वपूर्ण भूमिका छ। यदि सही ढंगले ब्रान्डिङ गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ।” उहाँले थप्नुभयो, “घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक ज्ञान र सीप सेफहरू मार्फत विस्तार गर्न सकिन्छ, जसले यसको दीगो प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ।” साथै उहाँले कार्यक्रमले स्थानीय खाद्य परम्पराको संरक्षण, स्वास्थ्यकर भोजनको प्रवर्द्धन तथा पर्यटनसँग यसको अन्तरसम्बन्धलाई प्रभावकारी रूपमा उजागर गरेको उल्लेख समेत गर्नुभयो ।

    विशिष्ट अतिथि गैर आवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले स्वास्थ्य र प्राकृतिक भोजनबीचको सम्बन्धबारे प्रकाश पार्दै भन्नुभयो, “प्राकृतिक र रैथाने खाना हाम्रो स्वास्थ्यका लागि अत्यन्त लाभदायक छन्। आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ।” उहाँले रैथाने खानाको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक पहल अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा आयोजक संस्थाका तर्फबाट बोल्दै ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हाम्रो मौलिक खाना केवल परिकार मात्र होइन, यो हाम्रो संस्कृति र पहिचान हो। यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता हो।” उहाँले सञ्चारमाध्यमले यस अभियानलाई व्यापक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको उल्लेख गर्दै भन्नुभयो, “हिमाल, पहाड र तराई सबै क्षेत्रका खानाहरूले नेपालको सांस्कृतिक विविधता झल्काउँछन्, जसलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकिन्छ।” त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्‍याउने बताउँदै भन्नुभयो, “यदि रैथाने खानालाई व्यवस्थित रूपमा अघि बढाउन सकियो भने यसले स्थानीय उत्पादन र रोजगार दुवैलाई टेवा पुर्‍याउँछ।”

    पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै भन्नुभयो, “पर्यटकहरू नयाँ स्वादको खोजीमा हुन्छन्, र हाम्रो रैथाने खाना उनीहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छ।” युवा उद्यमी तारालाल धरेलले रैथाने खानालाई व्यवसायिक रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे अनुभव साझा गर्दै भन्नुभयो, “स्थानीय उत्पादनलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दा नयाँ बजार सिर्जना गर्न सकिन्छ, जसले उद्यमशीलताको ढोका खोल्छ।”

    रैथाने अभियन्ता तिलक ढकालले रैथाने खाना स्वास्थ्यकर हुने जनाउँदै भन्नुभयो, “रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।” कार्यक्रममा न्युजलाईन्स मिडियाकी सरिता ढकालले रैथाने खाना, प्राकृतिक भोजन तथा यसको व्यावसायिक सम्भावनाबारे निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “हामी यस अभियानलाई निरन्तरता दिँदै रैथाने खानाको प्रवर्द्धनमा सक्रिय रूपमा लागिरहनेछौं।” न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारहरूको आकर्षक प्रदर्शनी समेत गर्नुभयो।

    कार्यक्रममा सहभागीहरूलाई प्राकृतिक भोजनको स्वाद चखाइएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    समाचार

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑