• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      २ मिनेट अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १६ मिनेट अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २२ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २३ घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ३ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ३ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ३ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ३ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ३ दिन अघि
    आज: २०८३ भाद्र १८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    असनको मौलिकता पुनरुत्थान अभियानको शुभारम्भ : कार्यक्रम सांस्कृतिक, सामाजिक तथा रैथाने क्रियाकलाप

  • लाईभ नेपाल
  • २०८३ बैशाख ६, आईतबार (४ महिना अघि)
  • ८०९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौंको प्राचीन सहरी बस्ती असं (असन)को मौलिकता फिर्ता गराउन आज देखि पुनरुत्थान अभियान सुरु भएको छ । असं डवलीमा आयोजित विशेष समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अभियान शुभारम्भ गर्नुभएको हो । उद्घाटन अघि कःमिलाछी (दरबार हाइस्कूल छेउ) देखि असनसम्म, असनदेखि भोटाहिटी, महावौद्ध स्तुप हुँदै क्यलःत्वाः (केलटोल) सम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो । यस क्षेत्रमा १३ वटा गुठि तथा परम्परागत बादन तथा गायन समूह छन् । पदयात्रामा परम्परागत समूहका सदस्यहरुले वादन तथा सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । क्यलःत्वाः पुगेपछि अभियानको निरन्तरताका लागि कार्यक्रम वडा २५ का अध्यक्ष राजेश डंगोललाई हस्तान्तरण गरिएको थियो ।

    यसै क्रममा कार्यवाहक प्रमुख डंगोललले, कःमिलाछी र महावौद्धमा निर्माण गरिएका निःशुल्क वाटर एटीएम वुथको उद्घाटन गर्नुभएको थियो । यसरी सुरु भएको अभियान अब हरेक शनिवार विशेष कार्यक्रमसहित सञ्चालन गरिनेछ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम चल्नेछन् । कार्यक्रम शुभारम्भ गर्दै कार्यवाहक प्रमुख डंगालले, असं (असन) सहरी बस्ती मात्र नभइ काठमाडौँको इतिहास र पहिचान बोकेको स्थान भएको बताउँदै यसको मौलिक स्वरुप फर्काउने अभियानमा स्थानीयवासीको गहिरो अपनत्व रहने अपेक्षा गर्नुभयो । ‘घरबाहिर हजारौँ वर्षको इतिहास बोकेका जीवन्त वस्तु तथा संरचना छन् ।

    तर, सडकमा गाडी भएका असुरक्षा महसुस गरेर कुनै पनि घरबाट बालबालिकालाई अभिभावकले बाहिर पठाउनुहुन्न । घर बाहिर नआएपछि आँगनमै भएका प्राचीन महत्वका बस्तुसँगको बालबालिका परिचित हुनै पाउँदैनन् । यसरी हाम्रा पूर्खाले सुम्पेको अमूल्य नासो सन्ततिका लागि महत्वहीन बन्ने दिन आउन सक्छ । त्यसैले अमूल्य यी सम्पत्तिलाई मूल्य नै नभएको अवस्थामा पुग्नबाट बचाउन हामीले पुनरुत्थान अभियान थालेका हौँ ।’ डंगोलले भन्नुभयो, ‘सहर सबैका लागि हो । सवारी साधन गुडाउनेको जत्तिकै निर्वाध आवतजावत गर्न पैदलयात्रीले पनि पाउनु पर्छ । पैदलयात्रीको यो अधिकार सरकारले पूरा गर्छ । बालबालिका र ज्येष्ठ नागरिकले घरबाहिर आएर धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा भाग लिन पाउनुपर्छ ।

    हामी यो कार्यक्रममार्फत पैदलयात्रामैत्री सहरी, ज्येष्ठ नागरिक र बालमैत्री सहरी व्यवस्थापनमा महानगरपालिका काम गर्दैछ भन्ने स्पष्ट सन्देश दिन चाहन्छौँ ।’ कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, असन क्षेत्रमा हरेक शनिवार हुने कार्यक्रमहरु क्रियाकलाप मात्र नभइ नेवार सभ्यतालाई निरन्तरता दिने अभ्यास पनि भएको बताउनुभयो । ‘नेवार सभ्यतामा संस्कृति तथा परम्परालाई निरन्तरता दिन विभिन्न जातलाई कार्य विभाजन गरिएको हुन्छ । समुदायमा बाँडिएका कामहरु अन्तरसम्बन्धित हुन्छन् । यसरी समाज बाँधिएको र अरुप्रति उत्तरदायित्व वहन गर्ने खालको हुन्छ । यो परम्परा बचाउन कागजमा लेखेर होइन । अभ्यास गर्नुपर्छ ।’ संगतले भन्नुभयो, ‘हामीले वडा नं. ५ नरःदे (हाँडीगाउँ)मा यस्तै कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेका छौँ । वडा २७ पछि वडा नं. २५ मा लैजाँदैछौँ । वडा ८ मा भौतिक पूर्वाधार निर्माण सकेर थालनी गर्छौँ ।’ यस्ता कार्यक्रमहरु सरकारले मात्र गरेर सफल हुँदैनन् ।

    समुदायको सहभागिता र अपनत्व चाहिन्छ । उद्घाटन कार्यक्रममा वडाध्यक्ष योगेशकुमार खड्गीले भन्नुभयो, ‘हामीले नेतृत्व गरे पनि यसको सञ्चालन सम्बन्धित क्षेत्रका गुठी, क्लव, संघसंस्था, खलपुचः तथा युवाहरुले गरिरहनुभएको छ । यसकारण हामी कार्यक्रम सफल हुनेमा आशावादी छौँ ।’ कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन भइरहेको छ । यसरी सञ्चालन हुने क्रियाकलापले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने, पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउने महानगरपालिकाले अपेक्षा गरेको छ ।

    महानगरपालिकाले गरेको यो अपेक्षाको प्रशंशा गदै अन्नपूर्ण आरसीटी क्लवका अध्यक्ष राजेश श्रेष्ठ भन्नुहुन्छ, महानगरपालिकाको कार्यक्रमले असन क्षेत्रको पौराणिक महत्व फिर्ता हुने अपेक्षा गरेका छौँ । असन नुनदेखि सुनसम्म, हरेक जाति समुदायका जन्मदेखि मृत्यु पर्यन्तका संस्कार, संस्कृति र चाडपर्वमा चाहिने सामान पाइने ठाउँ हो । यस क्षेत्रमा वीउ विजन र विरुवा पनि पाइन्छ । परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ हो । यस क्षेत्रमा धार्मिक, सामाजिक क्रियाकलाप हुने डवली, पाटी, वहाल, बही, चुक ननीहरु छन् । यस्ता सम्पत्ति नासिँदै गएको र भएका सम्पत्तिमा पनि नकारात्मक प्रभाव पर्न थालेपछि यसलाई बचाउन कार्यक्रम थालिएको हो ।

    कार्यक्रम अन्तर्गत असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, परम्परागत तथा रैथाने व्यापारिक क्रियाकलाप, समुदायमा परिचित गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्न स्थानीयबासीको आयमा टेवा पुग्ने कार्यक्रम चल्नेछन् । कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न रोकिएको छ । भोटाहिटी कलश ढोकाबाट असनतर्फ, वीर अस्पतालबाट महावौद्ध स्तुपतर्फ, वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महावौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध गरिएको छ । इन्द्रचोकबाट मच्छिन्द्र वहालतर्फ, त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि सवारी प्रवेश रोकिएको छ ।

    गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध छ । न्हकेटलाबाट असनतर्फ जान पाइँदैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कूलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिएको छ । यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ । असन आउने आगन्तुकका लागि धरहरा भूमिगत पार्किङ्, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी पार्किङ् गर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    समाचार

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑