
काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि । मंगलचौथी व्रत, छन्द दिवस, आद्यगुरु शंकराचार्य जयन्ती रश्री मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ । तदनुसार सन् २०२६ अप्रिल २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : समयमा साथ नमिल्नाले आत्माबलमा कमी आउनेछ। अर्थ अभावले योजना रोकिन सक्लान्। अरुको स्वार्थमा उपयोगी भइएला सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष :गरिएका कामको राम्रो प्रतिफल प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ र प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सकिनेछ। मेहनतले सफलता दिलाउनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : प्रतिस्पर्धीहरूबाट पनि सहयोग मिल्नेछ। मित्रता र प्रेमको सम्बन्ध कसिनेछ। लेखन वा अभिव्यक्ति कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : समाजमा मान प्रतिष्ठा बढ्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रशासनिक पक्षबाट सहयोग मिल्नेछ। नयाँ कार्य हात लाग्नेछ। यात्रा रमाइलो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
सिंह :कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नहोला। खर्चिलो कामले अर्थ अभाव निम्त्याउनेछ। सामाजिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
कन्या :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर आहारविहारमा ध्यान दिनुहोस्। आजको शुभ रंग आकाशे हो भने शुभ अंक १ रहेको छ।
तुला :धर्म कर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : आफन्त हरूको मध्य रमाइलो समय बित्ला। पहिला गरिएका कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु : आयआर्जनका नयाँ स्रोतहरू निर्माण हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीहरूलाई जीवनसाथी बाट उपहार मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मकर :साझेदारी व्यापारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। काममा उत्साह र गति आउनेछ। सामूहिक गरिने कार्यबाट फाइदा मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : समाजमा मान प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
मीन :पारिवारिक सद्भाव बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलिको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।