
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृह मन्त्रालय तत्कालका लागि आफैँसँग राख्ने भएका छन् ।
सुधन गुरुङले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त मन्त्रालयकाे जिम्मेवारी आफैसँग राख्ने भएका हुन् ।
प्रधानमन्त्री स्रोतका अनुसार गृह आफैँसँग राखेर सुधन गुरुङबारे छानबिन गर्ने तयारीमा प्रधानमन्त्री शाह छन् ।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे चाैतर्फी प्रश्न उठेपछि गुरुङले आज राजीनामा बुझाएका थिए ।


