काठमाडाैं । सरकार गठन भएको महिना दिन नपुग्दै दुई मन्त्रीको पद गुमेको छ ।
गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् । सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे चाैतर्फी प्रश्न उठिरहेका बेला उनले राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकबाटै राजीनामा घोषणा गरेका छन्।
यसअघि चैत २६ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह पनि बर्खास्तीमा परेका थिए । साहले श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डमा पदीय मर्यादाविपरीत नियुक्ति दिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले बर्खास्त गरेका थिए।
गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले साेही दिन १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।
