
काठमाडाैं । गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन्। बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।
गृहमन्त्री गुरुङले फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन् ।