• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १४, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

      २ घण्टा अघि

      एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

      २ घण्टा अघि

      एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

      ३ घण्टा अघि

      काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

      ३ घण्टा अघि

      मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

      ३ घण्टा अघि

      नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

      ४ घण्टा अघि

      नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

      ४ घण्टा अघि

      पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

      ४ घण्टा अघि

      एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

      ४ घण्टा अघि

      देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

      ४ घण्टा अघि

      नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

      ४ घण्टा अघि

      वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

      ४ घण्टा अघि

      सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्ने कुरामा सहयोग गर्न प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

      ६ घण्टा अघि

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १ दिन अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      १ दिन अघि
    आज: २०८३ कार्तिक १४, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ ७, बिहिबार (५ महिना अघि)
  • ८६१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गण्डकी । हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहण पछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ ।

    हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । हर्जोजको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेका थिए ।

    हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै हिमाल आरोहणको क्रम बढ्यो नै यसले अन्नपूर्ण क्षेत्र विश्वव्यापी चासो र चर्चाको विषय बन्यो ।

    अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

    अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको पाइन्छ ।

    हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढेको र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको विषयले यहाँको पर्यटनसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष रुपमा जोडिएको पर्यटनका जानकारहरू बताउँछन् ।

    अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्नकै लागि अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक २०७५ यता अन्नपूर्ण म्याराथन गर्दै आएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले बताए ।

    ‘अन्नपूर्ण हिमालको महिमा र गरिमालाई विश्वमाझ पु¥याउनका लागि २०७४ सालमा हामीले तत्कालीन प्रतिनिधिसभाका विकास समिति सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण आधार शिविरमा पहिलोपटक अन्नपूर्ण महोत्सव गरेका थियौँ’, उनले भने, ‘त्यसयता २०७५ देखि अन्नपूर्ण म्याराथन गर्दै आइएकोमा यस वर्ष जेठ २० गते (जुन ३) का दिन छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन गर्न लागिएको छ ।’

    यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन् । समान्यतः पदयात्रीले तीन दिनको समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकहरूले चार घण्टा बढीको समयमा यो दूरी पार गर्ने गरेका छन् ।

    यसअघिका पाँचौ संस्करणसम्म प्रथम हुने धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको गुरुङले जानकारी दिए ।

    अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छे« आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिए ।

    अन्नपूर्ण प्रथम हिमाल हिमाल आरोहणको ७६ वर्ष पुगेको जानकारी दिँदै उनले अघिल्लो पाँचौँ संस्करणको म्याराथनलाई हीरक उत्सवका रुपमा मनाइएको बताए । ‘यस संस्करणमा महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धाका लागि स्वदेशी एवं विदेशी धावकहरूले नाम दर्ता गराइरहनुभएको छ’, उनले भने, ‘हालसम्म १३ विदेशीसहित ४० जना धावकहरूले नाम दर्ता गराइसक्नुभएको छ ।’

    यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्यारथनमा भाग लिने निश्चित भएको उनले जानकारी दिए । म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रा र तेस्रो हुने धावकहरूले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिए ।

    हिमाली भूगोल, साहसिक पदमार्गसँगै मनोरम प्राकृतिक सौन्दर्यका कारण यस म्याराथनप्रतिको आकर्षण बर्सेनि बढ्दै गएको उनको भनाइ छ । यस म्याराथनले अन्नपूर्ण प्रथमको मात्र नभएर समग्र गण्डकी प्रदेश र नेपालकै हिमाली पर्यटनमा विशिष्ट योगदान पु¥याउने उनको भनाइ छ ।

    आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथमसहित गण्डकी प्रदेशभित्र धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले अपेक्षित गति लिन नसकेको अवस्था यस किसिमका गतिविधिले विशेष महत्व राख्ने उनको भनाइ छ ।

    गण्डकी प्रदेशमा अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

    नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

    समाचार

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑