• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      युक्रेनमा रुसको भीषण आक्रमण

      ४ घण्टा अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      ४ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      ४ घण्टा अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      ७ घण्टा अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      ७ घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ७ घण्टा अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      ७ घण्टा अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      ७ घण्टा अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      ७ घण्टा अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      ७ घण्टा अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      १ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      २ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      २ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      २ दिन अघि

      आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु

      २ दिन अघि
    आज: २०८३ जेष्ठ २०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  शिक्षा

    रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २०, बुधबार (७ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले स्थानीय वडाबासीलाई जेठ १३ गतेदेखि २० दिने रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ । ठँहिटिमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा वडाका ३० जना हरेक दिन बेलुका साढे ५ बजे कक्षामा आउनुहुन्छ । स्थानीयलाई लिपि लेखनमा प्रोत्साहन गर्न वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर हरेक दिन कक्षामा आउनुहुन्छ । सिकाइ क्रियाकलापमा सहभागी बन्नुहुन्छ । यस क्रममा उहाँले भन्नुभयो, ‘नेपाल भाषा हाम्रो प्रदेशको कामकाजी भाषा हो । रञ्जना लिपि अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता चिनाउने मानक हो । कामकाजी भाषाको प्रवर्धन र मौलिक लिपिको संरक्षण गर्न हामीले प्रशिक्षण थालेका हौँ ।

    यो लिपि केवल अक्षर मात्र होइन । अक्षर कला पनि हो । रञ्जना लिपि लेख्ने व्यक्तिका अक्षर राम्रा हुन्छन् ।’ प्रशिक्षणको चाखलाग्दो विषयमा कुरा गर्दै मानन्धरले भन्नुभयो, ‘७ बर्षका बालबालिकादेखि ६० वर्ष उमेरका व्यक्तिहरु एउटै कक्षामा हुनुहुन्छ । उहाँहरुलाई सिकाउँदा उमेर वा अन्य कुनै कारणले असजिलो छैन । गरे हुने रहेछ नि त, हामीले यस अघि त नगरेका रहेछौँ । यो महसुस गरेर हामीले सबै वडावासीसँगको सहकार्यमा मौलिक लिपिमा अभिलेखन तयार पार्न र भाषा तथा लिपिको उत्थान गर्ने उद्देश्यले प्रशिक्षण चलाएका हौँ ।’ ‘नेपाल लिपि र नेपाल संवत् देशकै नाममा विकसित भएका मौलिक पहिचान हुन् ।

    संयुक्त राष्ट्र संघमा नेपाललाई छुट्टै राज्यका रुपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रुपमा पेश गरिएको थियो । यस्ता इतिहास बचाउन अहिले थालिएको प्रशिक्षणको ठुलो योगदान हुनेछ ।’ प्रवक्ता मानन्धरले नतिजा र अपेक्षाका कुरा सुनाउनुभयो । प्रशिक्षणमा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) सिकाइँदैछ । ‘नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् ।

    यसमध्येका ६ वटालाई मान स्वर (मुख्य) वर्ण र यसका ४ थरी मात्रा रुपमा प्रयोग गरिन्छ । व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । यी वर्णहरु देवनागरिकमा भएका ३६ वटामा ङ पछाडि ‘ङ्ह’, न पछाडि ‘न्ह’, म पछाडि ‘म्ह’, र पछाडि ‘¥ह’ र ल पछाडि ‘ल्ह’ थपिएर ४१ वटा हुन्छन् ।’ नेपाल लिपि गुथिका अध्यक्ष एवं तालिमका मुख्य प्रशिक्षक अनिल स्थापित भन्नुहुन्छ, ‘नेपाल भाषा हस्वमय भाषा हो । संस्कृतबाट आएका शव्दहरुलाई पनि तद्भव बनाएर प्रयोग गर्न थालिएको छ ।’ नेपालमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपिका रूपमा मानिन्छ ।

    त्यो व्राह्मी लिपि हो । नवौँ शताव्दीमा नेपाल लिपिको सुरुवात नेपालमा नै भएको हो । दशौँ शताव्दीको प्रारम्भ (नेपाल संवत् २८) को समयमा चिकित्सा विद्यासँग सम्बन्धित नेपाल भाषाको हस्तलिखित पुस्तक ‘लङ्कावतार’ लेखिएको पाइन्छ । १३ औँ शताव्दीलाई यसको महत्वपूर्ण विकास समयका रुपमा लिइन्छ । त्यस समयमा धर्म, वास्तुकला, साहित्य, कर्मकाण्ड, ज्योतिष शास्त्र, सांस्कृतिक क्रियाकलाप तथा परम्परा, चिकित्सा ज्ञान, सहरी योजना जस्ता विविध विधाका ग्रन्थहरु लेखिएका पाइन्छन् । यिनीहरु हस्तलिखित भएका कारण अहिलेजस्तो धेरै संख्यामा हुँदैनथे ।

    प्रशिक्षक स्थापितका अनुसार राष्ट्रिय अभिलेख संग्रहालयमा करिब १५ हजार र आशा सफूकुथिमा करिब २० हजार यस्ता हस्तलिखित ग्रन्थहरु सुरक्षित गरिएको छ । संग्रहालय सरकारी संयन्त्र हो भने सफूकुथि लिपि जोगाउन समुदाय स्तरबाट स्थापना गरिएको अभिलेखालय हो । लेखन र छपाइमा प्रविधि आएसँगै २०७३ सालदेखि यसलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिमार्फत भाषानुवाद गरेर पनि अहिले नेपाल लिपि र रञ्जना लिपि अध्ययन गर्न सकिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

    समाचार

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑