• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

      ४0 मिनेट अघि

      यात्रुसहितको कार सुनकोशीमा खस्यो

      ४३ मिनेट अघि

      शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

      ४८ मिनेट अघि

      श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

      ४ घण्टा अघि

      काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

      ४ घण्टा अघि

      माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

      ४ घण्टा अघि

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      ५ घण्टा अघि

      भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

      ५ घण्टा अघि

      अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

      ५ घण्टा अघि

      देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

      ५ घण्टा अघि

      अमेरिका इरान वार्ताको समाचारपछि तेलको मुल्यमा भारी गिरावट

      ५ घण्टा अघि

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ५ घण्टा अघि

      सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

      ५ घण्टा अघि

      मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

      ५ घण्टा अघि

      तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित

      २0 घण्टा अघि
    आज: २०८३ श्रावण १८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

  • लाईभ नेपाल
  • २०८३ श्रावण १८, सोमबार (४ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (+२) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ललितपुरस्थित पिसिपीएस कलेज (PCPS College) ले ‘ह्याक फर इम्प्याक्ट’ (Hack4Impact) नामक तीनदिने राष्ट्रिय ह्याकाथन आयोजना गर्ने भएको छ । ‘नेब रिजल्ट एन्ड न्युज’ (Neb Result and News) को सहकार्यमा आगामी श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका युवा डेभलपर, डिजाइनर, उद्यमी तथा नवप्रवर्तकहरू सहभागी हुने आयोजकले जनाएको छ ।

    कलेजका अनुसार विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक सिकाइभन्दा बाहिर ल्याएर व्यावहारिक ज्ञान, नवप्रवर्तन, सहकार्य र उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागीहरूले समाजका वास्तविक समस्या पहिचान गरी प्रविधिको प्रयोगबाट समाधानका उपायहरू विकास गर्नेछन् । आयोजनबारे जानकारी दिँदै पिसिपीएस कलेजकी चिफ ग्रोथ अफिसर (CGO) कृपा श्रेष्ठले यो कार्यक्रम प्रतिस्पर्धा मात्र नभई युवा प्रतिभाको क्षमता उजागर गर्ने साझा मञ्च भएको बताइन् । “ह्याक फर इम्प्याक्ट युवा प्रतिभाले आफ्नो क्षमता पहिचान गर्ने, सहकार्य गर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने समाधान निर्माण गर्ने अवसर हो,” श्रेष्ठले भनिन्, “मेन्टरशिप, नेटवर्किङ र व्यावहारिक सिकाइमार्फत हामी नेपालका भावी नवप्रवर्तक तथा उद्यमीहरूलाई प्रेरित गर्न चाहन्छौँ ।” तीनदिने कार्यक्रममा सूचना प्रविधि, स्टार्टअप र वित्तीय क्षेत्रका अग्रणी व्यक्तित्वहरूले मेन्टर तथा वक्ताका रूपमा सहभागिता जनाउनेछन् ।

    मुख्य वक्ताका रूपमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घका कार्यवाहक अध्यक्ष तथा वान कभरका प्रमुख कार्यकारी अधिकृत (CEO) चिरञ्जीवी अधिकारी, ‘खल्ती’ का पूर्व प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा वित्तीय विज्ञ एवं उद्यमी सञ्जोग कोइराला रहनेछन् । उनीहरूले प्रविधि, स्टार्टअप, नेतृत्व, नवप्रवर्तन र करियर विकाससम्बन्धी आफ्ना अनुभव सहभागीहरूसँग साट्नेछन्। यसैगरी, नेपालका अग्रणी प्रविधि कम्पनीहरूमा कार्यरत सफ्टवेयर डेभलपर, युआई/युएक्स (UI/UX) डिजाइनर, इन्जिनियर तथा प्रडक्ट म्यानेजरहरूले टोलीहरूलाई ३ दिनसम्म प्रत्यक्ष मेन्टरशिप प्रदान गर्नेछन् ।

    मेन्टरहरूले आइडिया छनोट, प्राविधिक जटिलता समाधान, व्यावसायिक मोडल निर्माण र अन्तिम प्रस्तुति तयारीमा सहजीकरण गर्ने कलेजले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट ठहरिने पहिलो टोलीलाई नगद ५० हजार रुपैयाँका साथै ‘लक्जरी भिल्ला वेकेशन’ प्रदान गरिनेछ भने दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँ र ‘लक्जरी भिल्ला वेकेशन’ प्राप्त गर्नेछन् ।

    साथै, सबै सहभागीहरूलाई प्रमाणपत्र, नेटवर्किङ र उद्योग विशेषज्ञहरूसँग काम गर्ने अवसर मिल्नेछ । कलेजका अनुसार प्राविधिक पृष्ठभूमि भएका विद्यार्थीका अतिरिक्त टेक्निकल राइटर, ब्लगर, फोटोग्राफर, भिडियोग्राफर र कन्टेन्ट क्रिएटरहरूले पनि प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। व्यक्तिगत रूपमा, कार्यक्रमस्थलमै टोली बनाएर वा पूर्वगठित टोलीसहित सहभागी हुन सकिने र त्यसका लागि आयोजकको आधिकारिक अनलाइन फारममार्फत दर्ता प्रक्रिया खुला गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

    रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

    समाचार

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑