काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा सबै किसिमका सहायता पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार अपराह्न भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बाढीको अवस्थाबारे कुराकानी गरेका हुन्।
विपद्को यस अवस्थामा आफू र भारत नेपालको साथमा रहने प्रतिबद्धता प्रधानमन्त्री बालेनसँग व्यक्त गरेको मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ”भारत नेपाललाई हर किसिमको सहायता उपलब्ध गराउन तयार छ । विपद्प्रतिकार्यमा सघाउन हाम्रो टोली तयारी अवस्थामा छ । दु:खको यस घडीमा हामी नेपालसँगै छौँ,” मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

