• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ५२ मिनेट अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ५४ मिनेट अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ५८ मिनेट अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ घण्टा अघि

      स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

      १ घण्टा अघि

      मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

      १ घण्टा अघि

      महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

      १ घण्टा अघि

      लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

      १ घण्टा अघि

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      ८ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      ८ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ८ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ९ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ दिन अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ दिन अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

  • लाईभ नेपाल
  • २०८३ भाद्र १०, बुधबार (५२ मिनेट अघि)
  • ६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरे । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्न आग्रह गरे ।

    उपराष्ट्रपतिले नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा व्याख्या गर्दै अब नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालका व्यवसायीले यस परिवर्तनलाई अवसरका रूपमा लिनुपर्ने बताए ।

    त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसायको अवस्था कमजोर बनेको बताए । उनका अनुसार बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ । उनले भने ‘ मेरो यो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरुको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइन ।’ श्रेष्ठले अर्थतन्त्रलाई पुनः संरचना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए ।

    आगामी १० वर्षपछि जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले अहिले नै देशभित्र उद्योग स्थापना गरी स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले अटोमोबाइल क्षेत्रमा स्पेयर पाट्र्स उत्पादनको सम्भावनालाई समेत अघि सारे । स्पेयर पाट्र्स नेपालमै उत्पादन गर्ने प्रयास गर्नुपर्ने भन्दै निजी क्षेत्रले सरकारको लक्ष्यमा साथ दिने उनले बताए । त्यस्तै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबीच व्यवसाय सञ्चालनमा कठिनाइ बढेको भन्दै नीतिगत स्थिरता र लगानीमैत्री वातावरणको आवश्यकता औँल्याए ।

    त्यस्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए । यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ । उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए ।

    करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे । सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गरी बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उप्रेतीले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणलाई आवश्यकता भएको पनि बताए । उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी पूर्वाधार त्यसअनुसार विकास हुन नसकेको भन्दै उप्रेतीले भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएको बताए । स्थान अभावका कारण ट्रक, बस तथा हेभी इक्विपमेन्टलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको उनको भनाइ छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना अघि सारिएको उल्लेख गर्दै उनले उक्त योजना छिटो कार्यान्वयन गरी अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।

    नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ । स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा भविष्यमा थप सम्भावना खोज्न सकिने भन्दै सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उप्रेतीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

    मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

    महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

    समाचार

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑