काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति । भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । रसुवा, नुवाकोट र धादिङमा भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ ।
सरकारको प्रारम्भिक अनुमान अनुसार बुधबारको बाढीले २ खर्बमाथिको क्षति गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्बमाथिको क्षति अनुमान गरिएको छ ।
बाढीले सडक, पुल मानिसका घर, सरकारी भवनसहित हाइड्रोपावर परियोजनामा पनि क्षती पुर्याएको छ । रसुवागढी भन्सारको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
सञ्चालनमा रहेका पाँच तथा निर्माणाधीन तीन गरी आठ जलविद्युत् आयोजनामा क्षती पुगेको छ ।

