• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ९, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १२ घण्टा अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १२ घण्टा अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      १३ घण्टा अघि

      कस्तो रहला आजको मौसम ?

      १३ घण्टा अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      १४ घण्टा अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      १४ घण्टा अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      १४ घण्टा अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १४ घण्टा अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      १४ घण्टा अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      १४ घण्टा अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      १४ घण्टा अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      १५ घण्टा अघि

      शनिबार ४७० सवारीसाधन कारबाहीमा

      १५ घण्टा अघि

      बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

      १५ घण्टा अघि

      ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

      १५ घण्टा अघि
    आज: २०८३ कार्तिक ९, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    जनजागृति ज्ञानरश्मि माध्यमिक विद्यालयमा पाँचदिने फोटोग्राफी तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ आश्विन २३, शुक्रबार (२ हफ्ता अघि)
  • १७३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट

  • काठमाडौं। लाईभ नेपाल नेटवर्क प्रा.लि.को आयोजना तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को सहकार्यमा जनजागृति ज्ञानरश्मि माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको पाँचदिने फोटोग्राफी तालिम सम्पन्न भएको छ। मिति २०८३ साल असोज २३ गते आयोजित समापन कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट फोटोग्राफी गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

    तालिमको समापन कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा सदस्य तथा प्रमुख अतिथि हरक खातीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न फोटोग्राफी तालिम सञ्चालन गरेकोमा लाईभ नेपाल नेटवर्क प्रा.लि.को प्रशंसा गर्नुभयो। उहाँले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सीप र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रमाणपत्र प्राप्त गरेर मात्र सीमित नभई सिकेको सीपलाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रममा लाईभ नेपाल नेटवर्क प्रा.लि.का प्रमुख सल्लाहकार तथा काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापनसम्बन्धी सल्लाहकार एवं राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य गोविन्दप्रसाद धुसालले विद्यार्थीहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयस्तरमा सीपमूलक तथा व्यावहारिक तालिमले विद्यार्थीहरूको भविष्य निर्माणमा सकारात्मक भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

    त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्य उद्यम बल्लभ पन्तले तालिमले विद्यार्थीहरूमा नयाँ सीप र सिर्जनशीलताको विकास गर्न सहयोग पुग्ने बताउनुभयो। कराते प्रशिक्षक तथा खेलाडी विदुर कुँवरले पनि फोटोग्राफी तालिमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न र नयाँ सम्भावनाका ढोका खोल्न मद्दत गर्ने धारणा राख्नुभयो। उहाँ विगत करिब ४० वर्षदेखि कराते खेलमा सक्रिय रहँदै विद्यार्थीहरूलाई समेत प्रशिक्षण दिँदै आउनुभएको छ।

    जनजागृति ज्ञानरश्मि माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालयमा यस्तो उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूलाई तालिमबाट सिकेका सीपलाई निरन्तर अभ्यास गर्न आग्रह गर्नुभयो। विद्यालयका शिक्षक कमल काफ्लेले पनि तालिमले विद्यार्थीहरूको सिकाइ र क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

    कार्यक्रममा लाईभ नेपाल नेटवर्क प्रा.लि.का अध्यक्ष पुष्करराज पाण्डेले संस्थाले विभिन्न क्षेत्रमा सीपमूलक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले पाँचदिने तालिममा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

    लाईभ नेपाल नेटवर्क प्रा.लि.की निर्देशक, पत्रकार तथा समाजसेवी सावित्री बस्नेत ‘सबु’ले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई फोटोग्राफीको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासको अवसर प्रदान गरिएको र तालिम अवधिमा उनीहरूलाई आफैँ फोटो खिच्न लगाई सीप विकासमा प्रोत्साहित गरिएको जानकारी दिनुभयो।

    तालिमका क्रममा विद्यार्थीहरूले खिचेका तस्बिरहरूको मूल्याङ्कन गरी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि छनोट गरिएको थियो। प्रथम स्थानमा सदिक्षा शर्मा, द्वितीय स्थानमा अनिल घर्ती मगर तथा तृतीय स्थानमा इभान्जेलिना ठकुरी र वेविका राना मगर छनोट भएका थिए। उनीहरूलाई पुरस्कार, गिफ्ट ह्याम्पर तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट विद्यार्थीहरूलाई बधाई दिँदै आयोजकले आगामी दिनमा पनि आफ्नो प्रतिभा र सीपलाई निरन्तर निखार्दै लैजान शुभकामना व्यक्त गरेको थियो।

    कार्यक्रममा स्वतन्त्र पत्रकार संघ काठमाडौं जिल्ला अध्यक्ष कृष्णराज तिमिल्सिनाले कुशलतापूर्वक कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँको प्रभावकारी प्रस्तुति र सहजीकरणले समापन कार्यक्रमलाई थप व्यवस्थित बनाएको थियो। तालिममा प्रशिक्षक सागर ताम्राकार र सचित सुनालीले विद्यार्थीहरूलाई फोटोग्राफीसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नुभएको थियो।

    समापन कार्यक्रममा विद्यालयका स्रोत शिक्षक कपिलजंग पाण्डे, विद्यालय इन्चार्ज दिवसबाबु पोखरेललगायत विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो भने ३० जना विद्यार्थीले तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका थिए।

    विद्यार्थीहरूलाई प्रविधि र सिर्जनात्मक सीपसँग जोड्दै व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त पाँचदिने तालिम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। लाईभ नेपाल नेटवर्क प्रा.लि.ले आगामी दिनमा पनि विद्यार्थी तथा समुदायको क्षमता विकासमा केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    कस्तो रहला आजको मौसम ?

    ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

    अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

    समाचार

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    कस्तो रहला आजको मौसम ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑